Comments Add Comment

गृहमन्त्रीको अभिव्यक्तिविरुद्ध राप्रपा नेपालले विरोध प्रदर्शन गर्दै

१५ कात्तिक, काठमाडौं । गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर राप्रपा नेपालले आज रत्नपार्क विरोध प्रदर्शन गर्दैछ ।

गृहमन्त्रीले हिन्दु धर्मको अस्था विपरितको अभिव्यक्ति दिएको भन्दै राप्रपा नेपालले अपराहृन सवा ४ बजे विरोध सभा गर्न लागेको हो । सभालाई पार्टी अध्यक्ष कमल थापा लगायतले सम्बोधन गर्ने प्रवक्ता विष्णु भट्टराईले जनाएका छन् ।

हिन्दु राज्यको माग गर्दै शान्तिबाटिकामा धर्नामा बसेकाहरुलाई हटाएकोमा राप्रपा नेपालले विरोध गरेपछि संसदमा जवाफ दिँदै गृहमन्त्री वामदेव गौतमले साक्षत महादेव जसरी बन्चरो र खुकुरी बेकेर जुलुस निकालेकाले धर्नाकारीलाई हटाएको बताएका थिए ।

लगतै राप्रपा नेपालले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै संसद अवरुद्ध पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment