Comments Add Comment

सम्वाद समितिमा तीन दलले राखे पार्टीको अडान

१५ कात्तिक, काठमाडौं । प्रमुख तीन दलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले दलीय अडान राखेका छन् ।

प्रमुख तीन दलबीच आइतबारसम्म सहमति नभए दलहरुको अडानसहितको प्रतिवेदन संविधानसभामा पठाउने सहमति भएको छ । ‘सहमति भ एभने दलहरुको पोजिसन जस्ताको तस्तै फुल हाउसमा पठाएर त्यहकी सहमति खोज्ने प्रयास हुनेछ’ बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग भनेका छन् ।

तीन दलको बैठक लगतै कांग्रेस र एमाले साझा धारणा बनाउने प्रयासमा जुटेका छन् । प्रदेशको संख्या बाहेकमा कांग्रेस र एमालेले साझा धारणा बनाएका छन् ।

तीन दलको बैठकपछि दिउँसो बसेको सम्वाद समितिको बैठकमा कांग्रेस, एमाले र एमाओवादी नेताहरुले पार्टीको अडान राखेका छन् ।

कांग्रेसले तराई मधेसमा दुईसहित ६ प्रदेशको प्रस्ताव राखेको छ । सुधारिएको संसदीय व्यवस्थाको प्रस्ताव गरेको कांग्रेसले प्रतिनिधि सभा १७५ सदस्यीय बनाउनु पर्ने बताएको छ । १२० प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने ५५ समानुपातिक निर्वाचन प्रणालीबाट । अन्य विषयमा कांग्रेसको प्रस्तावसँग सहमत एमालेले प्रदेशको संख्या सात भनेको छ ।

बैठकमा एमाओवादीले पहिचानमा आधारित १० प्रदेशको अडान लिएको छ । तर, संख्यामा लचिलो हुन सकिने र नामाकरण प्रदेशसभालाई दिन सकिने उसले बताएको छ ।

पार्टीको प्रस्ताव कार्यकारी राष्ट्रपति भए पनि कार्यकारी प्रधानमन्त्रीमा सहमति गर्न सकिन माओवादीको प्रस्ताव रहेको छ । माओवादीले सहमतिका आधारमा मिश्रति निर्वाचन प्रणाली स्वीकार्य हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment