Comments Add Comment

एसीसीको एसियन गेम्स टीममा नेपालका सोमपाल

sompal kami

१५ कात्तिक, काठमाडौं । नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल एसीसीको एसियन गेम्स टीममा पर्न सफल भएका छन् ।

एसीसीले शनिबार पुरुष र महिलाको एसियन गेम्स सेलेक्ट ११ घोषणा गरेको छ । पुरुष टोलीमा १८ वर्षे नेपाली फास्ट मिडियम बलर सोमपाल अटाएका छन् ।

इन्चोनमा स्वर्ण विजेता टोली श्रीलंकाका लाहिरु थिरिमाने कप्तान रहेको टोलीमा पर्ने सोमपाल एक्ला नेपाली क्रिकेटर हुन् ।

प्रतियोगितामा खेलाडीहरुको प्रदर्शन र अन्तराष्ट्रिय स्तरका आधारमा टीम ११ घोषणा गरिएको हो’ एसीसीका इभेन्ट म्यानेजर सुल्तान रानाले भनेका छन् ।

दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा समूह चरणको दुबै खेल जितेको नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

तीन खेलमा ८ ओभर बलिङ गरेका सोमपालले ३ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सातौं नम्बरमा थिए । ७ विकेट लिएर नेपालका सागर भने सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा थिए ।

को-को परे टीममा ?

टोलीमा श्रीलंकाका उपल थारांगा, दिनेश चण्डिमाल र जीवन मेण्डिस छन् भने बंगलादेशका तमिम इकबाल, सकिल अल हसन र मोर्तजा छन् । अफगानिस्तानमा मोहम्मद नाबी, मलेसियाका कस्तान अहमैद फैज र हङकङका नदिन अहमद पनि एसीसीको टीम ११ मा परेका छन् । हङकङका बकास बरकलाई १२ औं नम्बरमा राखिएको छ ।

महिला टीममा पाकिस्तानका पाँच, बंगलादेशका तीन, श्रलंकाका दुई र हङकङका एक छन् । चीनका हुआङ झोउ १२ औं नम्बरमा परेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment