Comments Add Comment

चालकले तीव्र गतिमा सवारी चलाए प्रहरीलाई फोन गर्नुस्

१५ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले सवारी चालकहरुले तीव्र गतिमा सवारी चलाए खबर गर्न आग्रह गरेको छ ।

Nepal Policeप्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीले विज्ञप्ति जारी गरी केही दिनयता देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सवारी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु प्रमुख कारण भएको समेत उनले बताएका छन् ।

राजमार्गमा सवारी जाँच गर्ने स्थायी चेकपोस्ट नभएका कारणबाट सवारी जाँच नहुने तथा तीव्र गति र अन्य लार्पबाहीबारे यात्रुले समयमै प्रहरीलाई खबर गर्न टेलिफोन नम्बरको जानकारी नभएको भन्ने गुनासो आएको भन्दै प्रहरीले शुल्क नलाग्ने सहितका नम्बरको व्यवस्था गरेको छ ।

सवारी चलाउने क्रममा हुने लार्पबाहीबारे जानकारी प्रहरी परिचालन कक्षको टेलिफोन नम्बर ०१-४४१२७८०, ०१-४४११५४९, ०१-४४१५५९७ र ०१-४४१२७४८, त्यस्तै पैसा नलाग्ने टोल फ्री नं १६६००१४१५१६, प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८४९०९११३९ मा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment