Comments Add Comment

बार्सिलोना पराजित, रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

Ronaldo

१६ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित हुँदा रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी भएका छन् ।

जितसँगै रियल मड्रिड सिजनमा पहिलो पटक अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना तेस्रो स्थानमा पुगेको छ ।

रियल मड्रिडले रोनाल्डोको लिगमा सिजनको १७ औं गोलको मदतमा गर्नाडालाई ४–० ले पराजित गरेको छ । रोनाल्डोले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए ।

रियलको जितमा रोड्रिग्बेजले दुई गोल गरे भने करिम बेन्जिमा एक गोल गरेका छन् ।

अर्को खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले कोर्डोबालाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाको हार

Suarez

बार्सिलोनाले भने घरेलु मैदानमा ला लिगामा सिजनकै पहिलो हार व्यहोरेको छ । लुइस स्वरेजले नाउ क्याम्पमा डेब्यू गरेको खेलमा बार्सिलोना सेल्टा भिगोसँग १–० को अप्रत्यासित हार व्यहोरेको छ ।

स्वरेजले बार्सिलोनाबाट डेब्यू गरेपछिका दुबै खेलमा बार्सिलोना पराजित भएको छ । चार महिना लामो प्रतिवन्धपछि स्वरेलले इएल क्लासिकोमा डेब्यू गरेका थिए, जुन खेलमा रियल मड्रिड ३–१ गोल अन्तरले विजयी भएको थियो ।

खेलमा नेयमार, मेस्सीसँगै स्वरेजले गोल गर्ने केही राम्रो मौका गुमाएका थिए ।

लिगको १० खेलको समाप्तीमा रियल मड्रिड २४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २३ अंक छ भने बार्सिलोना २२ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment