Comments Add Comment

ट्राफिक नियम उल्लंघन गर्दै ‘छतभरी यात्रु’

trafic-niyam
१६ कात्तिक भोजपुर । ट्राफिक प्रहरीले जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले सिट क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने बताए पनि ट्राफिक प्रहरीको आँखा छल्दै भोजपुरमा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरी कार्यालयले भोजपुर जिल्लाबाट सञ्चालन हुने सवारी साधनलाई क्षमता भन्दा बढि यात्रु नबोक्न, बिल बुक तथा लाइसेन्स साथमा बोक्न, बसको छतमा यात्रु राखेर सवारी सञ्चलन नगर्ने निर्देशन दिएको भए पनि सावरी साधानले नियम उल्लाङ्घन गरिरहेको पाएको हो ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय भोजपुरले एक हप्ता अगाडि बसपार्कमा अन्तक्रियाको कार्यक्रमको आयोजना गरेर नियम उल्लङ्गन गरे लाइसेन्स खारेज गर्न बताएको भएपनि बस चालकले भने बसको छतमा यात्रु राखेर यात्रा गरिरेहेका छन । यति मात्र हैन यातायात सञ्चालनको क्रममा  एउटा हातले बस चलाएर अर्को हातले मोवाईलमा गफ गरिरेको समेत भटिएको छ ।

phonema-kura-gardai-driver
भोजपुरबाट श्यामशिला चल्ने कच्ची सडकमा बसको छतमा यात्रा गरेर सदरमुकाम आउनु परेको यात्रुहरुले बताउने गरेको छन । शनिबार दिउसो भोजपुरबाट धरान जाँदै गरेको बसले छतमा भरीभराउ यात्रु राखेर यात्रा गराएको देखेको स्थानीयबासी बताउँछन् ।
यस बिषयमा कुरा गर्दा मध्यपहाडी बस व्यबसायी संघका अध्यक्ष भरत तामाङ्गले आफुहरुले चालकहरुलाई सिट क्षमता भन्दा बढि यात्रु नराख्न बारम्बार निर्देशन दिएको तर चालकहरुले छतमा समेत यात्रु चडाउने गरेको स्वीकार गरेे । यसमा चालकको मात्र दोष नभएको भन्दै तामाङ्गले यात्रुहरु समेत हतार छ छतमा भएनी जान्छौ भन्दै जवरजस्ती बसमा चड्ने गरेको बताए । प्रहरीले समेत कारबाही गर्‍छौ भने पनि ब्यबासायी संग मिलेर त्यतीकै छाडने गरेको तामाङ्गको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख बासुदेव खतिबडाले सवारी चालकले ट्राफिक नियम उल्लङ्गन गरेर सवारी सञ्चालन गरेमा खवर आफुहरुलाई प्राप्त भएमा उसको लाइसेन्स खारेज गरिने बताए ।
यसरी पैसाको लोभमा बढी यात्रु बोक्दा बिभिन्न जिल्लामा दुर्घटना भई हजारैले अकालमा ज्यान गुमाइरहेका छन् ।
उमेश अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment