Comments Add Comment

१० जना जुवाडे पक्राउ

juwa-ko-khal

१६ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिका -३ स्थित बजारमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई खेलिरहेको अवस्थामा गएराति पक्राउ गरेको हो ।
पक्राउ परेका जुवाडेका साथमा रहेको २२ हजार तीन सय पाँच रुपैयाँ नगदसहित चौतारा -३ बस्ने नारायण श्रेष्ठ, चन्द्र घले, प्रेमबहादुर खत्री, तेजबहादुर पुरी, रत्नबहादुर घले, चौतारा -७ बस्ने राजेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजु श्रेष्ठ, रामचन्द्र श्रेेष्ठ र बतासे -७ बस्ने श्याम अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनीहरुबाट बरामद भएको रकम प्रहरीले चौतारास्थित वृद्धाश्रमलाई प्रदान गरेको छ । ती जुवाडेलाई अब दोस्रो पटक पनि फेला पारेमा कानुनअनुसार मुद्दा चलाइने चेतावनी दिइएको छ । गए राति सो घटना भए पनि  चौतारा क्षेत्रमा जुवा खेल्ने काम पहिलेका तुलनामा घटिरहेको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment