Comments Add Comment

सवारी दुर्घटनामा चार जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । महोत्तरी र झापामा भएका बेग्लाबेग्लै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । महोत्तरीको खयरमारामा बस र मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही कर्मैया-४ बस्ने २८ वर्षका पे्रमप्रसाद देवकोटाका र सोही मोटरसाइकलपछाडि बसेकी परिचय नखुलेकी अन्दाजी २६ वर्षकी महिला रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा-५ स्थित जङ्गलमा गएराति करिब ७ बजे काठमाडौँबाट सिरहाका लागि हिँडेको ना.४ ख. ४६९७ नंको श्रीकृष्ण रथ यातायात बस र पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.२६प. ३६८२ नंको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेको उपचार बर्दिवासस्थित होप अस्पताल र लालगढको मोडेल अस्पतालमा भइरहेको छ ।
झापामा २ को मृत्यु
त्यसैगरी झापाको दुर्गापुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-१ निवासी २६ वर्षीय किशोर भनिने हरिकृष्ण सुवेदी र सोही ठाउँ निवासी ३६ वर्षीय कुमार भनिने कुलबहादुर रम्तेल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

झापाको बिर्तामोडबाट मे ५ प २८११ नंको मोटरसाइकलमा सुरुङ्गातर्फ जाँदै गरेका उनीहरु गएराति कनकाई नगरपालिका-७ स्थित विरिङ पुलनजिकै सडकमा रोकिराखिएको टयाक्टरको ट्रलीमा ठक्कर खाँदा दुर्घटनामा परेका थिए । दुवैको घटनास्थलमै ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment