Comments Add Comment

श्रीमतीको हत्या गरी आत्मसमर्पण

१६ कात्तिक, तेह्रथुम । तेह्रथुममा एक व्यक्तिले श्रीमतीको हत्या गरी कारागारमा पुगी अपराध कबुल गरेका छन् ।

सदरमुकाम म्याङलुङ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षका दलबहादुर सार्कीले ४० वर्षकी श्रीमती बिमलाको हत्या गरी जिल्ला कारागारमा पुगेर आफ्ना अपराध कबुल गरेका थिए । जिल्ला कारागार जाँदा उनले डेढ वर्षका आफ्ना छोरालाई पनि सँगै लगेको प्रहरीले जनाएको छ ।

उनलेे शुक्रबार राति १२ बजे श्रीमतीको हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।  हत्यामा प्रयोग भएको हँसियासहित हत्या कबुल गर्न कारागार पुगेका दल बहादुरले श्रीमतीको ‘शवलाई भान्छा कोठामा साडीले छोपेर राखेको छु’ भनेपछि जिल्ला कारागारको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी टोलीले दलबहादुर भने झैँ शव फेला पारेपछि निजलाई हिरासतमा राखेर कारबाहीका लागि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । हत्याका बारेमा भने उनले केही बताएका छैनन् ।
प्रकाश धौलाकोटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment