Comments Add Comment

बाटोमात्र राम्रो हुँदा हामी मख्ख छौं, समग्र विकास भए कस्तो होला ?

प्रतापजंग पाण्डे

नेपाल सम्भावनै सम्भावना बोकेको मुलुक हो । मान्छेको अठोट भए यहाँ जुनसुकै क्षेत्रमा लगानी गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । दुर्भाग्य भन्नुपर्छ, प्रसस्त सम्भावना हुँदा-हुँदै पनि यहाँका मानिसहरु रोजगारीका लागि विदेश पलायन हुने क्रम बढ्दो छ ।

नेपालीहरुमा उद्यमशील सोँचको कमी छ । लहैलहैमा लागेर विदेश जाने पवृत्ति मौलाउँदै गएPratap-Jung-Pandey-Photoकाले यहाँका सम्भावनाहरु उजागर हुन सकेको देखिदैन । नेपालमा अबसर नभएको होइन । विगतमा भएका कमी कमजोरीको पनि क्रमिकरुपमा सुधार भइरहेको छ । विगतमा ऐन नियमहरुको कमी थियो । ती ऐन पनि संसदबाट पास हुने पर्खाइमा छन् ।

मुलुकमा क्रमशः लगानीको वातावरणमा बन्दैछ । पछिल्लो समय विदेशी लगानी भित्रिने क्रम हेर्दा पनि नेपालमा लगानीको वातावरण सुधार हुँदै आएको आभास हुन्छ । श्रम ऐनमा भर्खरै सहमति भयो । औद्योगिक व्यवसाय ऐन तत्काल ल्याउनुपर्छ ।

हाम्रो देशका हरेक पार्टीले घोषणापत्र अनुसार काम गरे भने पनि विकासमा फड्को मार्न सकिन्छ । दलहरुले ६ देखि ७ वटा क्षेत्र पहिचान गरेर बिना अड्चन लगानीका लागि आहृवान गरेमा ठूलो लगानी भित्रिन सक्छ, र लाभ पनि ठूलो हुन्छ ।

पछिल्ला दिनहरुमा नेपालमा विदेशी लगानीकर्ताहरु सकरात्मक बन्न बनिरहेको देखिन्छ । ठूलो विदेशी लगानीको घोषणा भइरहेको छ । कतिपयले कामसमेत सुरु गरिसकेा छन् । यो सकरात्मक पक्ष हो ।

कतिपय मान्छे विदेश गएर केही सीप सिकेर नेपाल आएर काम पनि गरिरहेका छन् । कृषि, साना लघु उद्यमहरु, मझौला उद्योगमा पनि उनीहरु लागेको देखिन्छ । विदेशमा गएर दुख गरेर काम गरेपछि नेपालमा पनि केही गर्न सकिन्छ भन्ने उनीहरुले बुझेका छन् । यो पनि सकरात्मक पक्ष हो ।

उद्यमशील बन्नका लागि सबैभन्दा पहिला जोखिम उठाउन सक्ने मानसिकता हुनुपर्छ । त्यसैले त बिजनेसलाई ‘हाइ रिस्क हाइ गेन’ भनिन्छ । काम गर्दा सफल पनि हुन सकिन्छ र विफल पनि । सम्भावना अध्ययन गरेर उद्यम सुरु गनु पर्छ ।

नेपालमा केही पनि सुरुवात नभएकाले लगानीका लागि यो मुलुक ‘भर्जिन’ छ । कृषिमा क्रान्ति ल्याउन गर्न सकिन्छ । लघुवित्तहरुले पनि लघु तथा महिला उद्यमशीलताको विकास गर्नका लागि कर्जा दिइरहेका छन् । कृषिमा आधुनिकिकरण गरेर उत्पादकत्व बढाउन सक्छौं । नेपालको विकास कृषि क्षेत्रले नै गर्ने हो ।

अलैंची, चियालगायतन प्रशोधन गरेर विदेश निर्यात गर्न पठाउन सकिन्छ । अहिले किवी खेतीको पनि सुरुवात भएको छ । क्षेत्रगत रुपमा विभिन्न सम्भावनाहरु रहेका छन् । ती सम्भवनाहरु पहिल्याउने हामीमा सामथ्र्य नभएकै हो । सिन्धुलीमा जुनारको प्रचुर सम्भावना छ । त्यहाँ जुस उद्योग चलाउन सकिन्छ । हामीले दुधबाट चकलेट उद्योग खोल्न सक्छौ ।

त्यसैगरी नेपालमा पूर्वाधारको विकास हुन सकेको छैन । पूर्वाधारको क्षेत्रमा पनि हामीले धेरै गर्न सक्छौं । यो क्षेत्रमा लगानीको ठूलो खाँचो छ ।

पयर्टन अर्को ठूलो संभावना भएको क्षेत्र हो । जीप लाइन, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ जस्ता साहसिक खेलमा लगानी सानो मात्रमा भइरहेको छ । यहाँ लगानी गरेर ठूलो लाभ लिन सकिन्छ । यी क्षेत्र सम्भावना भएका क्षेत्रहरु हुन् । यहाँ धेरै लगानी पनि चाहिदैन । साँेच र सम्भाव्यता अध्ययन भने आवश्यक छ ।

हाम्रो खासै अध्ययन गरेरभन्दा पनि अरुले गरेको देखेर लहडै लहडमा लगानी गरेको पनि देखिन्छ । जस्तो कि पश्मिना सुरुमा निर्यात भयो । पछि सबैजना यसैमा आए, गुणस्तर खस्किदै गयो र निर्यात नै घट्यो । अहिले च्याङ्ग्रा पश्मिनाको ब्रान्डका रुपमा निर्यात गर्न थालिएको छ । अनि निर्यातमा सुधार आउने शंकेत देखिएको छ । मार्केटिङ गर्न सकेमा नेपाली प्रोडक्ट निर्यात गर्न खासै गाह्रो छैन । अनलाइन पनि मार्केटिङ गर्न सकिन्छ ।

युवाहरुलाई यहीँ रोकिएर मिलेर काम गर्न सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । यहाँ प्रचुर सम्भावना छन । युनाइटेड अरव इमिरेट्स ३०/४० वर्ष अगाडी उत्पत्ती नै भएको थिएन । १९७१ मा आएर स्वयत्त भएको हो । अहिले यो देश ठूलो अर्थतन्त्र भएको देशमा परिणत भइसकेको छ ।

यो देशले बाहिरको दक्ष अदक्ष जनशक्ति ल्याएर काममा लगाई विकासको फड्कोमा मार्न सफल भयो । त्याहाँको जनसंख्या २० लाख हुँदा बाहिरबाट ६० लाख श्रमशक्ति ल्यायो । हामीकहाँ सानो जनसंख्या र धेरै सम्भावना छ । हाइड्रो र टुरिजममा राम्रो लगानी आइरहेको छ । लगानी आउने क्रम जारी छ । यो सकरात्मक पक्ष हो ।

एउटा क्षेत्रको विकास भयो भने त्यसको ‘चेन इफेक्ट’ हुन्छ । पर्यटनमा सम्भावना छ, होटलमा मात्र फोकस गरिरहेका छ, यो सँगै केवलकार, एडभेञ्चर खेलमा लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।

कृषि क्षेत्रमा पनि त्यस्तै छ । तर उत्पादकत्व भने बढाउनै पर्छ । जे रोप्दा फाइदा हून्छ त्यसमा लाग्नुपर्‍यो । फाइदा नभएको परम्पारगत खेतीमा लाग्नुहुँदैन । आर्युवेदीक खेतीमा पनि राम्रो सम्भानवना छ । मुल्य अभिवृद्धि गरेर तुलनात्मक लाभ लिन सक्ने खालका वस्तुहरुको खेती गर्नुपर्छ ।

सरकारले २०२२ सम्म अल्पविकसित देशबाट विकासाेन्मुख देशमा स्तारेन्नती गर्ने लक्ष्य राखेको छ । यसमा सबै नेपालीको चाहाना हुनुपर्छ । गरिवीको रेखामुनी बसेका जनताले विकासोन्मुख देशमा स्तरोन्नती हुन पाउँदा गर्व महशुस हुनेछ । बाटोमात्र राम्रो हूँदा हामी धेरै मख्ख पर्छौं । धेरै विकास गर्न सकेमा के होला ?

सरकारले लक्ष्य पुरा गर्नेमा मलाई विश्वास छ । विप्पा सम्झौता, पिडिए भयो, पिटिए भयो यसले कन्पिmडेन्स लेभल बढाएको छ । अन्य परियोजनाको विषयमा सम्झौता हुने तयारी भइरहेको छ । बंगलादेशले पनि विद्युत खरिद गर्न इच्छा देखाएको छ । यसले के देखाउँछ भने उत्पादन गर्न सकेमा बजार राम्रो छ ।

हामीले प्रविधि भित्राउने कुरामा ओपन हुनुपर्छ । राष्ट्रको हितमा हुने खालका कामहरु गर्न हामी पछि पर्नु हूँदैन । पानीबाट हामीले धेरै फाइदा लिनुपर्छ ।

सरकारले सरोजगार कोषमार्फत यूवाहरुलाई विनाधितो ऋण प्रवाह गरिरहेको छ। सरकारले भनेको ऐन कानुन र वाताावरण बनउाने हो । लगानी त निजी क्षेत्रले गर्छ ।

पाण्डेसँग गरिएकाे कुराकानीमा अाधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment