Comments Add Comment

यसरी पुर्‍यायो रोशनीलाई डा. खातेसम्म

roshani kc 1 copy
काठमाडौ । काम विषेशले सडकमा आवत-जावत गर्दा रोशनि केसीको आँखा जान्थ्यो सडक किनारामा खेलीरहेका वालवालिकामा ।
फोहोरको थुप्रोसँग खेलिरहेका वालक देख्दा रोशनी सोच्ने गर्थिन ‘यी वालक कसरी रमाएका होलान् ।’
यस्तै सोच्दासोच्दै सडक वालककै विषयमा अध्ययन गर्न मन लाग्यो उनलाई । त्यो काममा साथ दिए निर्देशक रबि अर्यालले । ६ महिनाको अध्ययनपछि सडक वालककै विषयमा फिल्म बनाउने निर्णय भयो ‘डा. खाते’ ।
‘सडक वालक साँच्चै क्षमतावान हुँदा रहेछन् ।’ उनको निष्र्कष छ ।
रबिको निर्देशन र रोशनीको लगानी एवं अभिनय रहेको ‘डा. खाते’ अहिले अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइरहेको छ । यस फिल्ममा मुख्य भूमिका सडक वालककै रहेको निर्देशक अर्यालले बताए ।
कसलाई आफ्नो भनौं, तिमी पुरुष, हस्पिटल लगायतका सिरियलमा अभिनय गरेकी रोशनीले केही फिचर फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, पछिल्लो समय ब्यबसायिक फिल्म नखेल्ने योजनामा रहेको बताइन् ।
सामाजिक कथा बोकेका फिल्मले समाजका लागि केही सन्देश दिन्छ भन्ने रोशनीले डा.खातेले पनि सडक वालकका वारेमा सकारात्मक धारणा स्थापित गराउने दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment