Comments Add Comment

पर्यटन पत्रकार महर्जनको उपचारमा साढे तीन लाख सहयोग

Kalpana-Khanal

२७ कात्तिक, काठमाडौं । नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ-नेपाल)ले आफ्नो कार्यसमिति सदस्य कल्पना महर्जनको उपचारार्थ सहयोग अभियान अन्तर्गत एक लाख १५ हजार १० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक मञ्चका अध्यक्ष शिव अधिकारी र कोषाध्यक्ष प्रकाश खालिङलगायतको टोलीले बुधबार उनको श्रीमान् दिलभक्त महर्जनलाई प्रदान गरेको हो ।

सगरमाथा आरोहण अभियानअन्तर्गत मेरापीक (६७००मि.) आरोहणको क्रममा अस्वस्थ भई अस्पताल भर्ना भएकी महर्जनको उपचारार्थ सहयोग गर्न मञ्चले बृहत अभियान नै सञ्चालन गरेको थियो ।

पत्रकार महर्जनको उपचारार्थ सहयोग अभियानअन्तर्गत नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ-नेपाल)ले खोलेको खाता नम्बर ३२४१३४२१४५५२४००१ (एनआईसी एसिया बैंक)मा गन्तव्य नेपाल पत्रकारिता कल्याणकारी कोषबाट २५ हजार, युटीनअन्तर्गत पोष्टबहादुर पर्यटन कोषबाट ३५ हजार, नेपाल पर्यटक यातायात व्यवसायी संघबाट २० हजार, नमस्ते फेयर ट्रेडबाट १० हजार आर्थिक सहयोग जम्मा भएको थियो ।

त्यसैगरि, हाइवे स्टार टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा मञ्चका सल्लाहकार मनोज श्रेष्ठबाट ५ हजार, टुर्गानका अध्यष हरेराम बरालबाट ५ हजार, होटल उडल्याण्ड, काठमाडौंका अध्यक्ष कुमार थापाबाट ५ हजार, लाइभ नेपाल ट्राभलका प्रबन्ध निर्देशक दिपक दाहालबाट ५ हजार, चिकुसा रेष्टुरेन्टका प्रबन्ध निर्देशक कुमार थापाबाट ५ हजार गरी एक लाख १५ हजार रुपैयाँ संकलन भएको संघले जनाएको छ ।

टे्रकिङ एजेन्सिज एसोसिएशन अफ नेपालले एक लाख, नेपाल पर्वतारोहण संघले एक लाख रुपैयाँ प्रदान गरिसकेको छ भने संयुक्त पर्यटन समन्वय समितिले ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार महर्जनको उपचारार्थ सहयोग अभियानअन्तर्गत विभिन्न संघ संस्थाहरुबाट जम्मा ३ लाख ६५ हजार १० रुपैयाँ आर्थिक सहयोग जुटेको टीजेएफ-नेपालले जनाएको छ । टीजेएफ नेपालले उनको उपचारार्थ सहयोग गर्नको लागि विभिन्न संघसंस्थाहरुलाई औपचारिक पत्राचार गराउनेदेखि विभिन्न कार्यक्रममार्फत आहृवान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment