Comments Add Comment

सशस्त्र द्वन्द्वका अपराधीलाई हेग पुर्‍याउँछौं : ओली

kp-oli
फाइल फोटो

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र युद्धकालमा भएका मानव अधिकार विरोधी घटनाका दोषीलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा लगेर कारवाही गर्नुपर्ने बताएका छन् । त्यसका लागि एमालेले सहयोगीको भूमिका खेल्ने ओलीले बताए ।

‘सशस्त्र युद्धमा भएका मानवअधिकार विरोधी घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले माफी दिन मिल्दैन,’ एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाको विहीबार ज्ञापनपत्र बुझ्दै एमाले अध्यक्ष ओलीले भने, ‘नेपालको कानुनले छोएन भने पनि अन्तराष्ट्रिय अदालत (हेग)मा लगेर कारवाही गर्नुपर्छ ।’

दण्डहीनता गर्ने जोकोही पनि कानुनबाट उम्कन नसक्ने उनको भनाइ थियो ।

एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारी नेतृत्वको टोलीले नयाँ संविधान मानव अधिकारमैत्री बनाउन र तोकिएको समयमा संविधान जारी गर्न ओलीको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment