Comments Add Comment

भूपू गोर्खा सैनिकलाई भारतीय सरह कल्याणकारी सहुलियत : सेनाध्यक्ष

२७ कात्तिक, काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंहले भूतपूर्व गोर्खा सैनिकहरुलाई भारतीय भूतपूर्व सैनिकहरुले पाएसरह कल्याणकारी सहुलियत दिन भारत सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालासँग बिहीबार भएको भेटमा सिंहले भारतको सैन्य सेवामा नेपालीहरुले महत्वपूर्ण योगदान गरेको बताए । भूतपूर्व गोर्खा सैनिकलाई क्यान्टिन र औषधोपचार सेवा दिन पनि भारत सरकार तयार रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष सिंहले छोटो समयमा सफलतापूर्वक लडाकू समायोजन गरेर नेपालले विश्वसामु एक उदाहरण प्रस्तुत गरेको समते बताएका छन् ।

भेटमा प्रधानमन्त्री सुशील कोइरालाले सविधान निर्माणमा देखिएका केही मतभेदहरु सहमति मिल्ने विश्वास व्यक्त गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment