Comments Add Comment

उल्टो हिँडेर शिखर चुम्न सञ्जय पण्डित भोली अष्ट्रेलिया जाने

Sanjaya-Pandit

२७ कात्तिक, काठमाडौं । उल्टो हिँडेर अष्ट्रेलीयाको सर्वोच्च शिखर आराहण गर्ने घोषणा गरेका अल्ट्रा धावक एवं किर्तिमानी हिम आरोही सञ्जय पण्डितलाई युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बिदाई तथा शुभकामना प्रदान गरिएको छ ।

माउन्टेनेरिङ तथा रक क्लाइम्बिङ संघ नेपालले गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, खेलकुद सचिव दिपेन्द्र शर्मा, सहसचिव चुडामणी पौडेल तथा संघका कार्यवाहक अध्यक्ष पुस्कर शाह लगायतको उपस्थिती रहेको थियो ।

उनीहरुले संयुक्त रुपमा हिउ बन्चरो, नेपालको राष्ट्रिय झण्डा र संघको झण्डा चुचुरोमा फहराउनको लागि पण्डितलाई हस्तान्तरण गरे । पण्डितले आफु उल्टो हिँडेर सफलतापुर्वक आरोेहण गर्ने कुरामा आफु विश्वस्त रहेको बताएका छन् ।

अष्टे्रलियाका दश ठुला पर्वत आरोहण गर्ने जानकारी दिँदै धावक पण्डितले सबै चुचुरामा नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा भादगाउँले टोपी र राष्ट्रिय गित घन्काई किर्तिमान बनाउन लागेको बताए ।

कार्यक्रममा मन्त्री पौडेलले आरोहण पश्चात पण्डितलाई राष्ट्रिय सम्मान गर्ने बताएका थिए । पण्डित शिखर आरोहणका लागि शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment