Comments Add Comment

सत्तारुढ दलहरुले बेइमानी गर्दैछन् भन्न रोल्पा गएको हुँ : प्रचण्ड

सलमान खान

२७ कात्तिक, भैरहवा । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रक्रियाबाट आफु कतै नभागेको बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

रोल्पाबाट भैरहवा हुँदै काठमाण्डौँ फर्किने क्रममा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सत्तारुढ दलहरुले शान्ति सम्झौताप्रति बेइमानी गर्दैछन् भनेर भन्न रोल्पा गएको बताए ।

शान्ति सम्झौता पनि रोल्पाबाट भएको भन्दै उनले सत्तारुढ दलहरुले १२ बुँदे र शान्ति सम्झौता तोड्न खोजेकाले जनताको तागत लिन रोल्पा गएको बताए । ‘शान्ति सम्झौता उल्टाएर मुलुकलाई ०४८ साल तिर फर्काउने कोसि भइरहेको छ’ उनले भने ।

प्रचण्डले सहमति कांग्रेस र एमाले नेताहरुको हातमा रहेको भन्दै उनले उनीहरुले चाहेमा सहमति हुन्छ नचाहेमा सहमति नहुने बताए ।

उनले वार्तामा बस्ने नेताहरु पनि भित्रभित्र मुलुकलाई हिन्दुराष्ट्र बनाउन लागेको आरोप लगाए । तर, को नेता भन्ने खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment