Comments Add Comment

पोखरा सडक महोत्सव पुस १३ गतेदेखि

Pokhara Views (14)

२८ कात्तिक, पोखरा । पोखराको वैदाममा यहि पुस १३ गतेदेखि १६ गतेसम्म १६औं पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।
महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ र सडकमै नाचौँ’ भन्ने मूल नारासहित हरेक वर्ष आयोजना गरिदै आएको सहक महोत्सव पोखराको ब्रान्डका रुपमा विकास भइसकेको छ ।

महोत्सवमा झाँकी प्रदर्शन, जातजातिको सांस्कृतिक कार्यक्रम, रेष्टुरेन्ट स्टाफबीच प्रतिस्पर्धात्मक कार्यक्रम, साहसिक एवम मनोरञ्जनात्मक वृत्तचित्र एवम् फोटो प्रदर्शनी, बाल उद्यान, ख्याति प्राप्त कलाकारको दोहोरी गीत, हास्यब्यङ्ग्य नृत्य, लाइभ ब्यान्डलगायतका कार्यक्रम आयोजना गरिने बताइएको छ ।

पोखराको लेकसाइडदेखि खहरेसम्मको तीन किलोमिटर सडकमा होटल तथा रेस्टुरेन्ट व्यवसायीले कुर्ची टेबुल राखेर व्यापार गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment