Comments Add Comment

३० प्रतिशत नेपाली शौचालयबाट वञ्चित

२ मंसिर, काठमाडौं । सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने घोषणा गरेतापनि कुल जनसङ्ख्याको ३० प्रतिशत जनता अझै पनि शौचालय उपयोग गर्नबाट वञ्चित छन् ।

toiletखानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसंख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग गरिरहेको बताए । सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने योजनाअनुसार एक घर एक शौचालयको व्यवस्था गर्ने महानिर्देशक शाहले जानकारी दिए ।

पूर्व वातावरण तथा विज्ञानमन्त्री गणेश शाहले शौचालय अभावले विद्यालय पढ्न जाने विद्यार्थी विद्यालय छाड्न बाध्य भएको अवस्थामा सरकारले एक घर एक शौचालयको योजनालाई तत्काल लागु गर्नुपर्नेमा जोड दिए ।

सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी कार्यस्थलमा खटिएका ट्राफिक प्रहरी, महिला, टेम्पो चालकलाई सबैभन्दा बढी समस्या हुने गरेको देखिन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिले अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

बुधबार विश्वभरी विभिन्न कार्यक्रम गरी मनाउन लागिएको विश्व शौचालय दिवस सरोकारवाला संघसंस्थाले नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउदै छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment