Comments Add Comment

निगमको नयाँ जहाजले परीक्षण उडान गर्‍यो

Nepal Air y-12 (1)
२ मंसिर, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज ‘वाई १२ ई’ बाट सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने २ बजे उडेको उक्त जहाज पौन तीन बजे सोही विमानस्थलमा अवतरण गरेको थियो । जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको निगमले बताएको छ ।

निगमले मंसिर ३० गते जहाजको परीक्षण उडान गर्ने कार्यतालीका बनाएपनि टेक्निकल समस्याका कारण दुई दिन पछाडी सरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) प्राप्त गर्नका लागि नयाँ जहाजलाई उनीहरुकै रेखदेखमा परीक्षण उडान गराउनैपर्छ ।

१८ सीट क्षमताको उक्त जहाजबाट मंसिर ४ गतेदेखि व्यवसायिक उडान सुरु गर्ने तयारीमा निगम रहेको छ । यस अगाडि नै जहाजलाई व्यवसायिक उडानमा लगाउन विभिन्न प्राविधिक एवं प्रशासनिक पक्रियाहरु पुरा गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समचार

निगमको सानो जहाजले मंसिर ४ देखि व्यवसायीक उडान गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment