Comments Add Comment

पानीका कारण हङकङसँगको पहिलो टी-२० स्थगित (फोटो फिचरसहित)

Nepal vs hongkong (3)३ मंसिर, दाम्बुला (श्रीलंका) । नेपाल र हङकङबीच बुधबार हुने भनिएको टी-२० सेरिजको पहिलो खेल पानीका कारण स्थगित भएको छ ।
बुधबार बिहान नेपाली समयअनुसार सवा १० बजे रनगिरी दाम्बुला अन्तराष्ट्रिय रंगशालामा सेरिजको पहिलो टी-२० क्रिकेट हुने तय भए पनि लगातार पानी परेका कारण खेल हुन सकेन ।
दाम्बुलामा केही दिनदेखि पानी परिरहेको छ । बुधबार बिहानै पानी परेपछि निर्धारित समयमा खेल सुरु हुन सकेन । तर, मैदानमा भएको पानी फालेर खेल सुरु गर्ने तयारी भइरहँदा फेरि परेको पानी दिउँसोसम्म रोकिएन र खेल स्थगितको निर्णय भयो ।

Nepal vs hongkong (11)
बुधबार भएको खेल निर्धारित तालिकाअनुसार खेल नभएका दिनमा खेलाइनेछ । अब बिहीबार दोस्रो टी-२० हुनेछ । यसबारे औपचारिक निर्णय भने बिहीबार मात्र हुनेछ ।

खेल स्थान सार्न सुझाव
पानीका कारण खेल सुरु हुन नसकेपछि आयोजकसहित नेपाल र हङकङका कप्तान, प्रशिक्षक र टीम म्यानेजरवीच छलफल भएको थियो ।
स्रोतका अनुसार दुबै टीमले टी-२० कुनै हालतमा खेलाउन माग गरेका छन् । त्यसका लागि दाम्बुलामा सम्भव नभए कोलम्बो, कुरुनेगाला वा क्यान्डी सार्न सुझाव दिएका छन् ।

Nepal vs hongkong (9)
मैदानको अवस्था हेर्दै पारस खड्का

यसरी स्थान नै परिर्वतन गर्नुपर्ने अवस्था आए एकदिवसीय भने छाड्न नेपाल र हङकङका दुबै टीम तयार भएका छन् ।
एसियन क्रिकेट काउन्सिल -एसीसी)ले भने प्रतियोगिताका लागि छुट्याएको बजेटसहितका विषयमा छलफल गरेर मात्रै निर्णय दिने बताएको छ ।
बंगलादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० को मान्यता पाएको नेपालले पहिलोपटक सेरिज खेल्दैछ । १८ वर्ष लामो नेपालले अन्तराष्ट्रिय क्रिकेट यात्रामा यसअघि कुनै पनि देशसँग आधिकारिक सेरिज खेलेको छैन ।

Nepal vs hongkong (2)

Nepal vs hongkong (4) Nepal vs hongkong (6) Nepal vs hongkong (8) Nepal vs hongkong (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment