Comments Add Comment

कता हरायो नेपाली क्रिकेट खेलाडीको जर्सी ?

३ मंसिर, श्रीलंका । हङकङसँग टी-२० क्रिकेट सेरिज खेल्न दम्बुला आएका नेपाली टीमका सदस्यहरुले अझै जर्सी पाएका छैनन् ।
पानीका कारण पहिलो टी २० खेल स्थगित भएपछि बुधबार जर्सीको समस्या टरेको छ । तर, समस्या समाधान भएको छैन । Nepal vs hongkong (2)टीम म्यानेजर शैलेश चौधरीले किन अझैसम्म टी २० जर्सी नआएको भनेर क्यानमा ताकेता गरे पनि अपराहृनसम्म जर्सी आएको छैन ।
नेपालको जर्सी उत्पादनको जिम्मा पाएको सिंगापुरको बीएस स्पोट्र्सले जर्सी कोलम्बो पुगिसकेको बताएको छ । स्रोतका अनुसार भन्सारमा अडि्कएको जर्सी दम्बुला ल्याउने प्रक्रिया जारी छ ।
बुधबार खेल भएको भए नेपालका धेरै खेलाडीले पुरानै जर्सी लगाएर खेल्नुपर्ने थियो । तर, आईसीसीको मान्यताप्राप्त अन्तराष्ट्रिय टी २० भएकाले अन्य प्रतियोगिताको लोगो लगाउन पाइँदैन । यस्तोमा टेपले जर्सी छोप्नुपर्ने हुन्थ्यो ।
तर, डेब्यूको तयारीमा रहेका बलर करण केसी र ब्याट्सम्यान राजेश पुलामी मगरका लागि भने जर्सी नै थिएन । यस्तोमा उनीहरुले खेल गुमाउने अवस्था रहेको एक सदस्यले बताए ।
नेपाल र हङकङबीचको टी २० सेरिज केही महिनाअघि नै तय भएको हो । टिम म्यानेजरले जर्सीका लागि पटक-पटकभन्दा पनि गरिएको लापर्बाहीले समस्या आएको बताइएको छ ।
यसअघि बंगलादेशमा भएको टी २० विश्वकपमा पनि खेलको केही घण्टाअघि मात्र नेपाली टीमले जर्सी पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment