Comments Add Comment

सोल्टी होटलको बोनस पाउन मंसिर २७ सम्म लगानी गर्नुपर्ने

Solty-crowne-plaze३ मंसिर, काठमाडौं । यही मंसिर २७ गतेसम्म लगानी गर्नेले सोल्टी होटलले घोषणा गरेको ५८ प्रतिशत प्रतिफल पाउने भएका छन् ।

होटलले घोषणा गरेको ४० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांस पाउनका लागि लगानीकर्ताले मंसिर २७ गते भित्र लगानी गरिसक्नु पर्ने हुन्छ ।

होटलले मंसिर २७ गते बुक क्लोज गर्ने घोषणा गरेको छ । बुक क्लोज गर्नुअघि लगानी गरेमात्रै होटलले घोषणा गरेको प्रतिफल पाइने छ ।

कम्पनीले आगामी पुस २७ गते ४०औं साधारणसभा गर्दैछ । उक्त सभाले सञ्चालक समितिले घोषणा गरेको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर वितरणपश्चात होटलको चुक्ता पुँजी ४२ करोड १२ लाख रुपैयाँ पुग्ने छ । हाल होटलको चुक्ता पुँजी ३० करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment