Comments Add Comment

नेपाल महिला साफ च्याम्पियनको फाइनलमा

३ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियन फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेलमा बंगलादेशलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलको यात्रातय गरेको हो ।

नेपालले उपाधिका लागि अब डिफेन्डिङ च्यमम्पियन भारतको सामना गर्ने छ । नेपाली टीमलाई फाइनल प्रवेश गराउन खेलको ५६ औ मिनेटमा सिर्जना रानाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

उक्त गोल नै नेपाली टोलीका लागि निर्णायक बन्न पुग्यो ।  प्रतियोगिताको फाइनल खेल आगमी शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment