Comments Add Comment

अस्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसीयमा दक्षिण अफ्रिका पराजित

३ मंसिर, काठमाडौं । अस्टे्रलियाबिरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा साउथ अफ्रिका ७३ रनले पराजित भएको छ । जितसँगै अस्ट्रेलियाले ५ खेलको श्रृखंलामा २-१ को अग्रता बनाएको छ ।

मानुका ओभल क्यानबेरामा टस जितेर पहिले ब्याटिङ गरेको अस्टे्रलियाले ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय २९ रन बनायो । टप अर्डरले राम्रो प्रदशन गरेको खेलमा अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले एक सय नौं रन बनाए । उनले एकसय २७ बलमा तीन छक्का र नौं चौका प्रहार गरे । त्यस्तेै डेभिड वार्नरले ५३ तथा सेन वाट्नले ४० रन बनाए । ५५ बलमा अबिजित ७३ रन जोडेका स्टीभ स्मिीथ प्लेअर अफ दि म्याच घोषित भए । साउथ अफ्रिकाका मार्ने मोर्कलले दुई विकेट लिए ।

तीन सय ३० रनको लक्ष्य पछ्याएको अफ्रिकाकालागि ओपनर हसिम अमलाले एकसय दुई रन बनाए । त्यस्तै डिककले ४७ तथा क्यापटेन एबि डिभिलर्सले ५२ रन बनाए । आर्काकम ब्याटिङ गरेका डिभिलर्सले केबल ३४ बलमा छ चौका र एक छक्का सिहत ५२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरु चल्न सकेनन् । पेस बलर मिचेल स्र्टाकले दुई तथा जोस हृयाजलउडले तीन विकेट लिदा साउथ अफ्रिका ४४ दशमलब ३ ओभरमै प्याक भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment