Comments Add Comment

क्रिकेटर शरद भेसवाकरको शल्यक्रिया सम्पन्न, तीन हप्ता आराम गर्नुपर्ने

Sharad-Vesawkar५ मंसिर, काठमाडौं । ६ बर्षदेखि पायल्सको समस्याबाट ग्रसित नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्याट्सम्यान शरद भेसवाकरको शल्यक्रिया सम्पन्न भएको छ ।
काठमाडौंको बयोधा अस्पतालमा डा. सुशील रावलले उनको शल्यक्रिया गरेका हुन् । अब शरदले तीन हप्ता आराम गर्नुपर्नेछ ।
पायल्सकै समस्याका कारण उनी टी-२० सिरिजका लागि श्रीलंका गएको टोलीमा सहभागी हुन पाएनन् ।
न्युजिल्यान्डमा भएको एक दिवसीय विश्वकप छनोटको खेलमा उनको रोग बल्झिएको थियो । रक्तश्राव भइरहे पनि उनले खेल छाडेनन् ।
तीन हप्ता आराम गरेपछि विश्व क्रिकेट लिग डिभिजन २ मा सहभागी हुने उनको योजना छ । आगामी जनवरीमा नामिबियामा डिभिजन २ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment