Comments Add Comment

भारतको अन्तराष्ट्रिय फिल्म महोत्सबमा आज ‘झोला’ प्रदर्शन हुँदै

 

चलचित्र झोलाको एक दृश्य
चलचित्र झोलाको एक दृश्य

काठमाडौ । ओस्कार अवार्डमा नेपालको प्रनिनिधित्व गरेको फिल्म ‘झोला’ भारतको ४५ औ अन्तराष्ट्रिय फिल्म महोत्सब (आइएफएफएफआइ) प्रतिनिधित्व गरेको छ ।

बिहीवारवाट सुरु भएको महोत्सबको उद्घाटन अभिनेता अमिताभ बच्चन र रजनीकान्तले गरेका थिए ।

११ दिनसम्म चल्ने महोत्सबमा ७९ देशका एकसय ७८ फिल्म प्रदर्शन हुने भएको छ । ‘सिनेमा अफ द वर्ल्ड’ शीर्षक अन्तर्गत परेको झोला शुक्रवार दिउँसो पौने तीन बजे प्रदर्शन हुने झोलाका निर्देशक यादब भट्राइले जानकारी दिए ।

‘आज दिउँसो फिल्म प्रदर्शन हुने कुरा छ, विदेशी फिल्म निर्माता समेत आउने भएकाले बिक्री हुने सम्भावना पनि छ ।’ निर्देशक भट्राईले अनलाइनखबरसँग भने ।

गाउँ-गाउँमा फिल्म देखाउँदै

झापाको शनिश्चरे पुगेका भट्टराईले झोलामार्फत गाउँ-गाउँमा फिल्मको बजार खोज्ने काम गरेको बताए । ‘सिनेमा हलको बिरुद्ध मेरो एकखालको अभियान नै हो, अब गाउँ-गाउँमा फिल्म देखाउन सुरु गर्छु ।’ भट्टराइले भने ।

हलमा फिल्म चलाएर समयमा पैसा नपाएका भट्टराइले गाउँमा भने त्यो समस्या नरहेको बताए । ‘जति टिकट बिक्री हुन्छ, पैसा तत्कालै हात पर्छ’ उनले भने-‘गाउँमा कुनै समस्या छैन ।’

प्रविधिले साथ दिएकाले मुलुकको दुर्गम गाउँमा पनि फिल्म देखाउने सम्भावना देखेका भट्टराई राम्रो फिल्म बनाउनेलाई सुझावको भाषामा भन्छन-‘अब फिल्म देखाउनकै लागि हलवालालाई कुर्न रहन जरुरी छैन । एउटा प्रोजेक्टरकै भरमा गाउँ-गाउँमा गएर देखाउन सकिन्छ ।’

झापाको शनिश्चरेमा बिहीवारसम्म तीन शो प्रदर्शन भएको झोला शुक्रवार ओखलढुंगामा प्रदर्शन हुँदैछ । स्वास्थानी मेला सुरु भए लगत्तै शालीनदीमा एक महिना प्रदर्शन गर्ने योजना बनाएको छ निर्माण संस्थाले ।

फिल्म संस्कृति विकासका लागि गाउँ-गाउँमा फिल्म देखाउने शैली सबै भन्दा ठूलो हतियार हुन सक्छ भन्ने भट्टराई आगामी दिनमा गाउँलाई नै प्राथमिकता दिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment