Comments Add Comment

जनकपुरले हात पार्‍यो यू-१९ महिला क्रिकेटको उपाधि

u-19-women-cricket-nepal-20५ मंसिर, काठमाण्डौ । क्षेत्र नं ६ जनकपुरले यो बर्षको वाइवाइ यू-१९ महिला क्रिकेटको उपाधि जितेको छ । जनकपुरले डिफेन्डिङ च्याम्पियन क्षेत्र नं १ बिराटनगरलाई २७ रनले पराजित गर्दै तीन बर्षमा दोस्रोपटक उपाधि जित्यो ।
त्रिबि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको ५५ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनायो । उनले ५५ बलमा ८ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले ३३ तथा सरस्वती चौधरीले अबिजित २३ रन बनाए ।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन् । १३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन मात्र बनायो । बिराटनगरका लागि रोमा थापाले अबिजित २४ तथा संगिता राईले ३२ रन बनाए पनि हार टार्न सकेनन् ।
जनकपुरकी आरति चौधरीले २ विकेट लिइन् । उपाधिसँगै जनकपुरले २५ हजार र बिराटनगरले १५ हजार रुपैयाँ पाए ।
जकपुरकी ममता चौधरी प्लेअर अफ दि टुर्नामेन्ट भइन । उनले १० हजार नगद पुरस्कारसमेत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment