Comments Add Comment

२ सय ५३ गोल गर्दै ला लीगामा मेसीको नयाँ कीर्तिमान

messi७ मंसिर, बार्सिलोना । अन्ततः अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले लालिगाका अलटाइम टप स्कोरर टेल्मो जाराको रेकर्ड तोडेका छन् ।

गएराति बार्सिलोनाको घरेलु मैदान नेउक्याम्पमा सेभिल्लालाई ५-१ ले पराजित गर्दा मेसीले नयाँ कीर्तिमान बनाए ।

मेसीले लालिगामा २ सय ५३ गोल गर्ने खेलाडीको नयाँ रकेर्ड बनाएका हुन् ।

खेलको २१ औं मिनेटमा उत्कृष्ट फ्रि किकमार्फत गोल गर्दै उनले जाराको २ सय ५१ गोलको कीर्तिमानी बराबरी गरे ।

पहिलो हाफमा १-० ले अग्रता लिएको बार्सिलोनाका डिफेन्डर जोर्डि अल्बाले ४७ औं मिनेटमा आत्मघाति गोल गर्दा सेभिल्लाले बराबरी गर्‍यो । तर ४९ औं मिनेटमा नेइमारले गोल गर्दा बार्सीलोना २-१ ले अघि बढ्यो । ६५ औं मिनेटमा राकिटिचले गोल गर्दा ३-१ को अग्रता बनायो ।

यस्तै ७२ औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै मेसीले जाराको रेकर्ड तोड्न सफल भए ।

मेसीले नयाँ कीर्तिमान बनाएपछि बार्सिलोनाका खेलाडीहरुले उनलाई उचालेर चीयरअप गरेका थिए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा अर्को गोल थप्दै मेसीले लालिगाको यस सिजनमा व्यक्तिगत पहिलो हृयाटि्रक पूरा गरे ।

यसै महिना मेसीले च्याम्पियन्स लिगका अलटाइम टप स्कोरर राउलको रेकर्ड पनि बराबरी गरेका थिए ।

तस्वीर : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment