Comments Add Comment

विदेशी लगानीका कम्पनीले शेयर खरिद बिक्री गर्न पाउने

७ मंसिर, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको औद्योगिक प्रवर्द्धन बोर्डको ११२औं बैठकले ४ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले विदेशी लगानीमा स्थापित नेपाली कम्पनीले अर्को नेपाली कम्पनीको शेयर खरिद गर्न चाहेमा नकारात्मक अनुसूचिमा  udyogरहेका उद्योगहरु वाहेकमा उद्योग विभागको स्विकृति लिई शेयर खरिद बिक्री गर्न पाउने निर्णय गरेको छ ।

त्यसैगरि, क्यासिनो व्यवसायलाई पर्यटन उद्योग अन्तर्गत वर्गिकरण गरी राजपत्रमा सूचना प्रकाशित गर्नका लागि सरकारलाई सिफारिस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

विगतमा ४७ वर्षदेखि क्यासीनो व्यवसाय संस्कृति पर्यटन तथा नागकिर उड्ययन मन्त्रालयको पत्रबाट व्यवसायिक रुपमा सञ्च्ाालन हुँदै आएका थिए । क्यासिनोलाई नियमन गर्नका लागि ‘क्यासीनो नीति २०७०’ समेत जारी भइसकेको छ ।

वैदेशीक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४७ वमोजिम क्यासीनोलाई उद्योगको रुपमा सुचिकृत गरी उद्योग दर्ता गराउने विषयमा छलफल हुँदा पर्यटन उद्योगमा वर्गिकरण गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

परापूर्वकालदेखि संचालन हुँदै आइरहेको टेलरिङ व्यवसायलाई सेवामूलक उद्योगको रुपमा वर्गिकरण गर्न बढीमा १० वटासम्म सिलाई मेशिन राख्न पाउने, विदेशी लगानी गर्न नपाउने, नगर क्षेत्रभित्र समेत सञ्चालन गर्नका निमित्त राजपत्रमा सूचना प्रकाशित गर्ने गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले जुट, स्टिल र धागो जस्ता उद्योगमा दिंदै आएको छुटलाई निरन्तरता दिनका लागि अर्थ मन्त्रालयलाई आवश्यक सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment