Comments Add Comment

फिल्म खेल्न ‘शारीरिक सम्बन्ध’को प्रस्ताव आयो : रचना लामा(फ्रेस फेस)

पहिलो चलचित्र ‘तरंग’बाट नेपाली रजतपटमा भित्रिदै गर्दा नव–कलाकार रचना लामा उत्साहित छिन् । १२ कक्षामा अध्ययनरत यी नव–कलाकारको सपना छ, स्टार बन्ने ।

स्टार बन्नका लागि उनीसँग अभिनय, लुक्स र कला छ ।

अनलाइनखबरले प्रस्तुत गरेको ‘फ्रेस फेस’का लागि कुरा गर्दै गर्दा रचना धेरै बिषयमा अकमकाइन् । फिल्म नगरीमा लागेर नाम, दाम सबै कमाउने ईच्छा छ उनमा । तर, पहिलो गासमा ढुंगा भनेजस्तै, उनलाई एक निर्माताले गरेको अनावश्यक प्रपोजले केही सशंकित बनाएको छ ।

रचना भन्छिन्–‘पहिलो चलचित्र गर्दा त त्यस्तो केही भएन । तर, एक निर्माताले चलचित्रमा नायिकाका लागि अफर गर्नुभयो ।

तर, उहाँले अभिनयको अफरसँगै आफूसँग एक रात बस्न भनेपछि चलचित्र नै गर्दिन भनेर हिडेँ ।’ चलचित्र खेल्नका लागि ‘सेक्स’को अफर आएको बताउने रचनाले हरेश भने अझै खाएकी छैनन् । उनी भन्छिन्–‘ सबै मानिस एउटै हुन्छन् भन्ने पनि छैन नि । केही खराब भएपनि अरु सही छन् भन्ने मलाई लाग्छ ।’

चलचित्र खेल्नु भन्दा अगाडि उनले जे सोचेकी थिइन्, खेलेपछि पाइनन् । चलचित्र नगरीमा लाग्ने कलाकार ‘सेलिब्रेटी’ जस्तो नभएको उनको वुझाई छ । रचना आफूलाई सुहाउँदो भूमिका गर्न जहिले पनि तयार रहेको बताउँछिन् । अनलाइनखबरसँग उनले भनिन्–‘म यही नै भूमिका गर्छु भन्दिन ।

तर, ‘भल्गर’ नभएको सबै खालको फिल्म गर्छु ।’ रचना आफूलाई अनमोल केसीसँग काम गर्न मन लागेको बताउँछिन् । पहिलो चलचित्र खेल्दा आफूले धेरै कुरा नवुझेको उनले बताइन् । तर, काम गरेपछि आफूले धेरै कुरा वुझेको उनको भनाई छ ।

रचनामा आफूलाई दर्शकले चाडै नै स्टारको रुपमा पाउने आत्मविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment