Comments Add Comment

सोनीले भित्रायो एक्स्पेरिया सिरिजमा नयाँ स्मार्टफोन

Sony-Experia-Z

७ मंसिर, काठमाडौं । सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकैसाथ एक्स्पेरिया जेड सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सोनी एक्स्पेरिया ‘जेड थ्री’ र ‘जेड थ्री कम्याक्ट’ नामक स्मार्टफोन नेपालमा पनि सार्वजनिक गरिएको छ ।

सोनी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले मोबाइल सार्वजनिक गरेपनि उपभोक्ताले भने आगामी हप्तादेखि खरिद गर्न पाउने भएका छन् । आसन्न सार्क शिखर सम्मेलनका कारण आयात प्रभावित हुने हुँदा एक हप्ता कुर्नुपर्ने भएको हो ।

मोबाइलको अझै मूल्य नतोकिएको सोनीको जमलस्थित शो-रुमका म्यानेजर रोमन अवालेले बताए । यसअघि नेपाली बजारमा भित्राइएको ‘एक्स्पेरिया जेड टु’ को मूल्य ७५ हजार रुपैयाँ रहेको थियो । नयाँ मोबाइलको मूल्य त्यसभन्दा महंगो हुने अनुमान गरिएको छ ।

वाटर प्रुफ र डस्ट प्रुफ यी मोबाइलमा अतुलनिय प्रविधि जडान गरिएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार सोनीको साइबर सट नामक डिजिटल क्यामेरा र सोनी हृयान्डी क्यामको टेक्नोलोजी प्रयोग गरिएको २०.७ मेगा पिक्सेल क्यामेराबाट पानी मुनि वा निकै अध्याँरो ठाउँमा पनि उत्कृष्ट तस्विर लिन सकिन्छ ।

विश्वमै पहिलो पटक आईएसओ १२८०० सेन्सिटिभिटि जडित यी मोबाइलका क्यामेराहरुमा २५ मिलीमिटरको ‘जि लेन्स’ समेत जडान गरिएको छ ।

लामो समयसम्मको टिक्ने ब्याट्री भएका यी सेटहरुमा जडित पावर सेभिङ्ग प्रविधिले दुई दिनसम्म  ब्याटि्र ब्याकअप दिन सक्ने छ । ७.३ मिलीमिटरको अत्याधिक पातलो र घुमाउरो अल्मुनियम प|mेममा उपलब्ध यी सेटहरु सर्वाधिक चम्किलो टि्रल्युमिनस डिस्प्ले रहेको छ ।

डिस्प्लेमा भएको लाइभ कलर एलइडी र एक्स रियालिटिले कन्ट्राष्ट बढाउने भएकाले कुनै पनि अवस्थामा स्क्रिन उज्यालो र प्रष्ट देखिनेछ ।

क्यामेरा र डिस्प्ले बाहेक सोनीले यसको साउन्ड सिस्टममा पनि नौलो सुरुवात गरेको छ । डिजिटल न्वाइज क्यान्सेलिङ्ग र डिएसइइ प्रविधिले वाहृय ध्वनीलाई काटी स्पष्ट र मधुर ध्वनी उपलब्ध गराउँछ ।

उपभोक्ताले यी सेट खरिद गर्दा आफ्नो पुरानो कुनै पनि एन्ड्रोइड, आईओएस वा विन्डोज फोनबाट सम्पुर्ण डाटा एकै साथ ट्रान्सफर गर्न सक्ने बताइएको छ । जसले गर्दा उपभोक्ताले आफ्नो क्नट्याक्टस, फोटो, अडियो वा भिडियो गुमाउनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment