Comments Add Comment

अष्ट्रेलिया फेरि शीर्ष स्थानमा फर्कियो

दक्षिण अफ्रिका बिरुद्धको अन्तिम तथा पाचौं एकदिबसीय क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लेको छ । दुर्इ विकेटको जित निकाल्दै ४ पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको एकदिबसीय र्‍याकिङको शीर्ष स्थानमा पुनरागमन गरेको हो ।63443

पहिलो स्थान कब्जा गर्ने क्रममा अष्ट्रेलियाले भारतलाई ०.२१ ले पछि पार्‍यो । भारत र अष्ट्रेलिया दुबैको समान ११७ रेटिङ छ ।

सिड्नी क्रिकेट ग्राउन्ड अष्ट्रेलियामा भएको खेलमा ओपनर क्निटन डि ककले अष्ट्रेलिया बिरुद्ध पहिलो सतक प्रहार गर्दा दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदा २८० रन बनायो । डिककले १४ चौका सहित ११४ रन बनाए ।

त्यस्तै सोसियूले ५१ रन र बहार्डएनले केबल ४१ बलमा ७ चौकासिहत ६३ रन बनाए । अष्ट्रेलियाका यूवा बलर प्याट क्युमिन्सले ३ तथा ग्लेन म्याक्याक्सवेल , स्मिथ र जेम्स फल्कनरले समान १-१ विकेट लिएका थिए ।

पानी परेका कारण ४८ ओभरमा झारिएको खेलमा अष्ट्रेलियाले २७५ रनको लक्ष्य पायो । ओपनर आरोन फिन्चले ७६ रन बनाए । उनले ६७ बलमा ११ चौका प्रहार गरे ।

पछिल्लो समय खराब फर्ममा रहेका सेन वाट्सनले ८२ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । म्यान अफ दि सेरिज स्टिीभ स्मिीथले ६७ रन बनाए ।

पछिल्ला चार ओभरमा मात्र ७ रन जोड्दा ४ विकेट गुमाएको अष्ट्रेलियाका जेम्स फल्कनरले अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गर्दै जित सुनिश्चित गराए ।

दक्षिण अफ्रिकाका  रोविन पिटरसनले ४ तथा मार्ने मोर्कलले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment