Comments Add Comment

आकर्षण मेनपावरले गर्‍यो एकदिने तालिम

sahakari-photo

८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा कामदार आपूर्ति गर्दै आएको आकर्षण इन्टरनेशनल प्रालिले शुरक्षित वैदेशिक रोजगारीका लागि आफ्ना आधिकारिक एजेन्ट, बजार प्रवन्धक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिक गर्न एक दिने अन्तक्रिया कार्यक्रम गरेको छ ।

काभ्रेको धुलिखेलमा सम्पन्न सो कार्यक्रममा ४५ जना भन्दा बढी सहभागी भएको कम्पनीका अध्यक्ष बिष्णु केसीले जानकारी दिए । सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउनु आफूहरुको दायित्व भएको उनले बताए ।

कम्पनीले वैदेशिक रोजगारको क्षेेत्रलाई मर्यादित र सुरक्षित बनाउनका लागि बेलाबेलामा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अध्यक्ष केसीले अघिल्लो साता पनि कार्यशाला गोष्ठि सम्पन्न गरेको जानकारी दिँदै यस्ता कार्यक्रम आकर्षणले देशव्यापी रुपमा गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment