Comments Add Comment

आज पोखरा-काठमाडौको कुनै उडान नहुने

Nepal-Air-y-12-(1)९ मंसिर, काठमाडौ । सार्क शिखर सम्मेलनमा सहभागी हुन सार्क राष्ट्र प्रमुखहरु मंगलवार काठमाडौ आउने भएपछि पोखरा-काठमाडौको उडान नहुने भएको छ ।

सार्क शिखर सम्मेलनमा भाग लिन आउने सार्क राष्ट्रका प्रमुखहरुको विमान अवतरण गरिने भन्दै वायुसेवाले काठमाडौ-पोखरा रुटमा उडान स्थगित गरेको हो ।

आन्तरिक उडान सार्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब्यवस्थापनले अनुरोध गरेकाले उडान नगर्ने निर्णय गरिएको हो । मंगलवार विहान ९ बजदेखि साँझ ५ बजेसम्म त्रिभुवन विमानस्थलमा सार्कका पाहुना चढेकाबाहेक कुनै पनि जहाज उडान अवतरणमा रोक लगाएको छ ।

पोखरा-काठमाडौ उडान तालिका अनुसार बिहान ९ बजेदेखि पाँच बजेसम्म मात्र पोखरा-काठमाडौ उडान हुने भएकाले सो समय सार्क राष्ट्र प्रमुखहरु आउने कार्यक्रम भएकाले सवै उडान बन्द गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment