Comments Add Comment

‘ठमेल पर्यटनमा नयाँ अायाम थप्दै छायाँ सेन्टर’

   chhaya (14)

९ मंसिर, काठमाडौं । राजधानीमा निर्माण भइरहेको छायाँ सेन्टरले ठमेलको मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ । मुलुककै सुविधा-सम्पन्न तथा आधुनिक कम्पलेक्सका रुपमा सञ्चालनमा ल्याउन लागिएको छायाँ सेन्टरमा पर्यटकलाई आवश्यक सबै सेवाहरु उपलब्ध हुने छ ।

छायाँ सेन्टरमा होटल क्षेत्रमा विश्वभर प्रख्याती कमाएको अमेरिकी स्टारउड ग्रुपको अलफ्ट ब्रान्डमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । पाँचतारे होटल सञ्चालनका लागि छायाँदेवी कम्पलेक्स र स्टारवुडबीच सम्झौता भइसकेको छ ।

‘अलफ्ट काठमाडौं ठमेल’ होटल सन् २०१७ सम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । ठमेलको भगवान बहाल नजिक करिव १४ रोपनी क्षेत्रफलमा छायाँ सेन्टर निर्माण भइरहेको छ । १५ तलाको भवन रहने उक्त सेन्टरको एक वर्षभित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने छायाँदेवी कम्पलेक्सका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले बताए ।

होटलमा १७५ वटा रुमहरु रहने बताइएको छ । होटलका सबै सुविधाहरु डिलक्स स्तरका हुनेछन् । स्टारवुडसँगको सहकार्यले ठमेलसहित समग्र मुलुकको पर्यटनमा सकरात्मक प्रभाव पर्ने अध्यक्ष पाण्डेको विश्वास छ ।

छायाँदेवी कम्पलेक्सले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा होटलको व्यवस्थापन भारतीय कम्पनी निद्रा होस्पिटालिटी प्रालिले सम्हाल्ने बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत पिटर डब्लू बोडेले होटल क्षेत्रमा प्रशिद्धि कमाएको अमेरिकी स्टारउड नेपाल भित्रिनु सकरात्मक भएको बताए ।

Chhaya-Center-5

राजदूत बोडेले स्टारउडको प्रवेशसँगै नेपालको समग्र पर्यटन विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । स्टारउडसँगको सहकार्यमा खुल्न लागेको होटलले गुणस्तरीय पर्यटक भित्रिन गई नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनको भनाई थियो ।

  स्टारउडले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटल सञ्चालन गर्दै आइरहेको छ । जसमा अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड पि्रफररेड गेष्ट रहेका छन् ।

स्टारवुड एशिया प्यासिफिक हझटल एन्ड रिसोर्टका उपाध्याक्ष सुदीप जैनले स्टारउडको प्रवेशले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयम थपिने दाबी गरे । अलफ्ट काठमाडौं होटल नेपालमा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने उनको भनाई थियो । होटलले विश्वस्तरीय सेवा सुविधाहरु उपलब्ध गराउने छ ।

कार्यक्रममा छायाँ सेन्टरका सञ्चालक सुमन पाण्डेले अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गरि गुणस्तरीय पर्यटक भित्राउन पहल गर्ने बताए । उनले होटलको सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा अलफ्टले लिने गरी सम्झौता भएको बताएका छन् ।

होटल सञ्चालनमा आएपछि ठमेल घुम्न गएका पर्यटकलाई बास बस्नका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने सञ्चालक पाण्डेको भनाई थियो ।

chhaya (2)

यस्तो हुनेछ छायाँ सेन्टर

पर्यटकलाई एउटै छानामुनि सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यसहित छायाँ सेन्टर निर्माण गर्न लागिएको हो । सात व्यवसायीको लगानी रहेको सेन्टर आगामी वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ । ठमेलको भगवानबाहल क्षेत्रमा करिव १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्पलेक्सले व्यवसायीक कम्पलेक्स निर्माण गर्न लागेको हो ।

‘छायाँ सेन्टर सञ्चालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिनेछ’सुमन पाण्डेले भने ‘साथै ठमेलको सान बढाउन सहयोग पुग्ने विश्वास समेत लिएका छौं ।’ नेपाली वास्तुकलामा आधारित भएर अहिले सेन्टरको निर्माण कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ ।’

छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् । सेन्टरको निर्माण, सञ्चालन तथा व्यवस्थापन पाण्डे र श्रेष्ठले हेर्ने बताइएको छ ।

‘ठमेल भित्रको ठमेल’ भन्ने अवधारणामा निर्माण भइरहेको सेन्टर १५ तल्लाको हुनेछ । सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिष्टमको पार्किङ स्थल रहने सञ्चालक पाण्डेले जानकारी दिए । जुन सिष्टमबाट एउटै तल्लामा तल र माथि गरी दुई तहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ ।

chhaya (5)

‘अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिनेछ, जहाँ ३८६ गाडी र २१७ मोटरबाइक एकैपटक पार्किङ गर्न सकिन्छ’ पाण्डेले अनलाइनखबरसँग भने ‘प्रोजेक्ट सञ्चालनमा आएपछि ठमेलको पार्किङ समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’
मुलुककै सुविधा सम्पन्न र भव्य कम्पलेक्सका रुपमा रहने  छाया सेन्टरमा करिव २ सय ५० वटा पसल, ७ वटा रेष्टुरेन्ट, तीनवटा सिनेमा हल, पाँच वटा सभा हल र १ हजार वर्गफीट क्षमताको ब्याङ्क्वेट हलसमेत रहने सेन्टरकी श्रद्धा मल्लले बताइन् ।

क्यूएफएक्सले तीनवटै सिनेमा हल किनिसकेको जानकारी दिँदै मल्लले अहिलेसम्म ६० प्रतिशत कवलहरु बुकिङ भइसकेको दाबी गरिन् । १० तलामा रहने पाँचतारे होटल सञ्चालनका लागि बहुराष्ट्रिय कम्पनी स्टार उडको प्रख्यात होटल ब्रान्ड एलफ्टसँग सहमति भइसकेको छ ।

स्टार उड होटल एन्ड रिसोर्ट कम्पनीले शेराटन, फोर प्वाइन्ट, डब्लु होटल्स, एलफ्ट, दी लक्जरी कलेक्सन, लि मेरिडियन, एलिमेन्टलगायतका प्रख्यात होटल ब्रान्डहरु चलाइरहेको छ । स्टार उडले सञ्चालन गर्ने भएपछि होटलका सबै सेवासुविधाहरु अन्तर्राष्ट्रिय स्तरका हुनेछन् । सेन्टर परिसरमा आकर्षक स्वीमिङ पुलसमेत रहने बताइएको छ ।

‘ठमेल मुख्य पर्यटकीय स्थल भएपनि सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरु बस्नका लागि बाहिर जानुपर्ने बाध्यता थियो’ पाण्डेले भने ‘हाम्रो परियोजना सम्पन्न भएपछि उक्त समस्या स्वतः हल हुनेछ ।’ होटलमा आफै अन्तर्राष्ट्रिय मार्केटिङ गरेर गुणस्तरीय पर्यटक भित्र्याउने योजना छ ।

Chhaya-Center-4

छायाँ सेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ । अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेष्टुरेन्ट, एयरलाइन्स कम्पनी, पश्मिना र क्यूरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् ।

‘हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्डलाई भित्र्याउँछौंं’ पाण्डेले भने- ‘पब्लिकमा गएर घरजग्गा बेचे जसरी कबल बिक्री गर्ने हाम्रो उद्देश्य छैन्, उपयुक्त व्यवसायी छनौट गरी आफै निम्ता गरेर ल्याउँछौं ।’ अन्तर्राष्ट्रिय ब्रान्डका कफी सप, रेष्टुरेन्ट व्यवसायीहरु आकषिर्त भइरहेको उनको भनाइ छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा-सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ । नमुना कम्पलेक्सको रुपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुल्ला रहनेछ । पर्यटक सुरक्षाका लागि प्रहरी र आफ्नै सुरक्षा टिम खटाइने मल्लले जानकारी दिइन् ।

ठमेलको शान बढाउने विश्वास लिइएको सेन्टरबाट संसारको जुनसुकै कुनाबाट पनि सामान खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । कम्पनीले ठमेलको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

chhaya (7)

कुन तलामा के ?

छायाँ सेन्टरको अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङ स्थल, डिस्को थेक रहने बताइएको छ । लोअर ग्राउन्ड तलामा डिपार्टमेन्टल स्टोर, क्यासिनो, डिस्को थेक, गाडी तथा मोटरसाइकल पार्किङ रहनेछ ।

ग्राउन्ड तलामा पसल र एउटा रेष्टुरेन्ट रहने छ । नाङ्लोले ग्राउन्ड तलामा स-साना २ वटा बेकरी राख्ने बताइएको छ । पहिलो तलामा तीनवटा रेष्टुरेन्ट र पसलहरु रहनेछन् । पहिलो तलामा नाङ्लोको रेष्टुरेन्ट रहनेछ ।

दोस्रो तलामा पनि तीनवटा रेष्टुरेन्ट र पसलहरु रहने छन् । तेस्रो तलामा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखाहरु, एयरलाइन्स तथा ट्राभल एजेन्सीका कार्यालयहरु रहने छन् । तेस्रो तलामा यति एयरलाइन्सले आफ्नो अफिस राख्ने भएको छ ।

चौथो तलामा तीनवटा सिनेमा हल र फुड कोर्ट, ब्याङ्क्वेट हल, मिटिङ हल, पसलहरु रहनेछन् । पाँचौ तलादेखि १५ औं तलासम्म पाँचतारे होटल ‘अलफ्ट बिजनेश होटल’ रहने बताइएको छ । चौथो र पाँचौं तलामा मल्टिप्लेक्स समेत रहने छ ।

सेन्टरमा एभरेस्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकले सहवित्तीयकरण कर्जा प्रवाह गरेका छन् । भवन नेपाली वास्तुकलामा आधारित रही नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन् ।

chhaya (6) chhaya (10) chhaya (11) chhaya (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment