Comments Add Comment

मेसिको नयाँ कीर्तिमान

messi
१० मंसिर, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लियोनल मेसिले च्याम्पियन्स लिग फुटबलमा सर्बाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।
च्याम्पियन्स लिगमा उनको गोल संख्या ७४ पुगेको छ । यसअघि यो रेकर्ड रियल मड्रिडका पूर्व फवार्ड राउलको नाममा थियो । राउलले ७१ गोल गरेका थिए ।
मंगलबार राति एपोल निकोसियालाई बार्सिलोनाले ४-० को जीत निकाल्दा ह्याट्रिक गरेका मेसीले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । मेसीले ३८, ५८ र ८७ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २७ औं मिनेटमा लुईस सुवारेजले बार्साका लागि खाता खोलेका थिए ।
मेसीले शनिबार मात्रै बार्साका लागि अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको पनि कीर्तिमान बनाएका थिए । बार्साका लागि मेसीको गोल संख्या ३ सय ६८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment