Comments Add Comment

सार्क राष्ट्रवीच लगानीमैत्री वातावरण बनाऔं : मोदी

NARENDRA-modi-in-kathmandu१० मंसिर काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरुले भारतीय लगानीकर्ता भित्राउन लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

‘सार्क क्षेत्रको विकासका लागि भारतले लिड गर्न सक्छ, म तपाईंहरुलाई भारतीय लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गर्छु । जसले तपाईंका युवाले प्रत्यक्ष रोजगारी पाउनेछन्,’ १८ औं सार्क शिखर सम्मेलनलाई सम्वोधन गर्दै मोदीले भने ।

सार्क राष्ट्रहरुबीच लगानी र विकासमा साझेदारी हुनैपर्ने मोदीले बताए । सार्क क्षेत्रको विकास र व्यापारका लागि भारत सहयोग गर्न तयार रहेको उनले बताए । सार्क राष्ट्रहरुसँग भारतको व्यापार धनात्मक भएको उनको भनाइ छ ।

‘हामीले सार्कमार्फत लामो इतिहास पार गरिसकेका छौं । तर, हामीबीच १० प्रतिशत मात्रै व्यापार भइरहेको छ । वास्तवमा भन्ने हो भने हामीबीचको व्यापार बढ्न सकेको छैन,’ उनले भने ।

नेपाल र भारतबीच उर्जाको विकासमा नयाँ युगको सुरुवात भएको मोदीले बताए । ‘वर्षौंदेखि हुन नसकेका सम्झौताहरु भएका छन्’ उनले भने ।

सडक, रेल तथा हवाइ मार्गमार्फत सदस्य राष्ट्रका जनताबीच सम्बन्ध जोड्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment