११ मंसिर, काठमाडौं । आर्सनल च्याम्पियन्स लिग फुटबल नकआउट चरणमा प्रवेश गरेको छ । आर्सनलले लगातार १५ औं सिजन नकआउट चरणमा स्थान बनाएको हो ।
बुधबार राति भएको खेलमा बुरोसिया डर्टमुण्डलाई २-० ले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो । बुरोसियाले यसअघि नै प्रि-क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।
समूह डीमा रहेको बुरोसिया डर्टमुण्डको १२ अंक छ भने आर्सनल १० अंकका साथ दोस्रो स्थानमा छ ।
घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले याया सनागोको दोस्रो मिनेटको गोलबाट अग्रता लिएको थियो । खेलको ५७ औं मिनेटमा एलेक्स सान्चेजले गोल गरेपछि आर्सनलले २-० को जित सुनिश्चित गरेको छ ।