Comments Add Comment

लिभरपुलको अन्तिम १६ को सम्भावना कायमै

Liverpul

११ मंसिर, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेशको सम्भावना जिवितै राखेको छ  ।

बुधबार राति भएको खेलमा लिभरपुलले  लुडोगोरेट्ससँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु टोली लुडोगोरेट्सले तेस्रो मिनेटमा डानी अबेलोको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा लिभरपुलका रिकी लाम्वर्टले बराबरी गोल गरे ।

खेलको ३७ औं मिनेटमा हेन्डरसनले लिभरपुललाई २-१ को अग्रता दिलाए । तर, दोस्रो हाफको अन्तिमतिर लिभरपुलले अग्रता जोगाउन सकेन ।

८८ औं मिनेटमा टर्जिभले लुडोगोरेट्सका लागि बराबरी गोल गरे । समूह बीमा रहेको लिभरपुलको ४ अंक छ र तेस्रो स्थानमा छ ।

१५ अंकसहित रियल मडि्रड शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेका एफसी बाजलको ६ अंक छ । समूह चरणको अन्तिम खेलमा बाजललाई हराउन सके लिभरपुल अन्तिम १६ मा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment