Comments Add Comment

अझै कार्यान्वयन भएन दुई रङको ग्याँस सिलिण्डर

१२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले कार्यविधि टुंगो लगाउन नसक्दा खाना पकाउने एलपी ग्याँसको दुई रङको सिलिन्डर प्रयोगमा आउन सकेको छैन ।

सिलिन्डर प्रयोग र मूल्य समायोजनको विधिबारे टुंगो लाग्न नसक्दा दुई रङको सिलिण्डरको प्रभावकारी कार्यान्वयन गर्न नसकिएको हो ।

Gasग्याँसमा भइरहेको भारी नोक्सानी घटाउने दीर्घकालीन योजनाका रूपमा निगमले दुई वर्ष अघिदेखि नै दुई रङको ग्याँस सिलिण्डर प्रयोगमा ल्याउने नीति अबलम्बन गरेको थियो ।

आयल निगमले तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितिमा २०७० असार १ गते दुई रङको सिलिन्डर सार्वजनिक गरेको थियो ।

घरायसी प्रयोजनका ग्याँसमा उपभोक्ता कार्डमार्फत सिधै सहुलियत मूल्यमा उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका सिलिन्डरमा भने परल मूल्य कायम गराउने कार्यविधि तयार गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

‘हामीले कार्यविधि तयार पारिसकेका छौं, मन्त्रालय पठाउनमात्रै बाँकी छ’ उनले भने ।

उपभोक्ता कार्डमार्फत साविककै मूल्यमा सहुलियतको ग्याँस उपभोक्तालाई उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम गर्ने तयारी निगमले थालेको थियो ।

दुई रङको सिलिन्डर कार्यान्वयनमा आएपछि घरायसी उपभोक्ताले १४ सय ७० रुपैयाँमा ग्यास प्राप्त गर्ने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम हुने निगमले जनाएको छ ।

निगमले करिब चार लाख ग्याँस कार्ड प्रमाणीकरण गरिसकेको छ । नेपालमा ६० प्रतिशत ग्याँस घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुँदै आएको छ ।

निगमका अनुसार नेपालमा मासिक १४ झन्डै १४ लाख सिलिन्डर ग्याँस खपत हुँदै आएको छ । जसमध्ये करिब पाँच लाख सिलिन्डर व्यावसायिक प्रयोजनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment