Comments Add Comment

५९ अर्ब असुली भयो कर, भन्सार र अन्तःशुल्क

१२ मंसिर, काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५९ अर्ब ८ करोड ३ लाख राजश्व असुली गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८६ प्रतिशतले बढी हो ।

Bhansar-Birganjयस अवधिमा विभागलाई ५४ अर्ब ९८ करोड ९२ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य दिइएको थियो । लक्ष्यभन्दा ७.४४ प्रतिशत बढी राजश्व असुली भएको विभागले जनाएको छ ।

विभागले भन्सार राजश्वको अतिरिक्त वैदेशिक व्यापारमा आधारित मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क उठाउँदै आएको छ ।

विभागले ४ महिनाको अवधिमा भन्सार महसुल २४ अर्ब ३५ करोड ३ लाख रुपैयाँ असुली गरेको छ भने मू.अ. कर २६ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ र अन्तशुल्क ८ अर्ब ७ करोड ४७ लाख रुपैयाँ असुली गरेको छ ।

विभागले लक्ष्यभन्दा भन्सार महसुल ४.४३ प्रतिशत, मू.अ.कर १०.२८ प्रतिशत र अन्तशुल्क ७.६५ प्रतिशत बढी असुली गर्न सफल भएको छ ।
यसको अतिरिक्त यस अवधिमा ८२ करोड ६२ लाख रुपैयाँ सडक सुधार दस्तुर असुल भएको छ ।

यस अवधिमा वीरगञ्ज, भैरहवा, सुनसरी, सुख्खा बन्दरगाह, रसुवा, राजापुर, कञ्चनपुर, महाकाली, जलेश्वर, कैलाली भन्सार कार्यालयहरुले लक्ष्यभन्दा बढी राजस्व असुली गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment