Comments Add Comment

स्विट्जरल्याण्डमा आप्रवासी घटाउने प्रस्ताव जनमत संग्रहद्वारा अस्वीकार

switzerland-referendum

१४ मंसिर, काठमाडौं । स्विट्जरल्याण्डका मतदाताले आप्रवासीहरुको संख्या कुल जनसंख्याको ०.२ प्रतिशत राख्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

स्वीस राष्ट्रिय टीभीका अनुसार आइतबार जनमत संग्रहको आंशिक परिणाम आुसार ७४ प्रतिशत मतदाता प्रस्तावको विपक्षमा उभिएका छन् ।

समर्थकहरुले यसले देशको संशाधनमाथिको दबाव कम हुने बताएका थिए । तर, विरोधीहरुले भने यसले अर्थ व्यवस्थामा नकारात्मक असर पर्ने तर्क गर्दै आएका छन् । स्विट्जरल्याण्डको ८१ लाख जनसंख्यामध्ये करिब एक चौथाइ विदेशी छन् ।

यो प्रस्ताव स्वीकृत भएको भए सरकारले आप्रवासीहरुको संख्या ८० हजारबाट घटाएर १६ हजारमा झार्नु पथ्र्यो ।

स्विट्जरल्याण्डको प्रत्यक्ष लोकतन्त्र प्रणाली अन्तरगत नागरिकले कुनै विषयमा पर्याप्त हस्ताक्षर जुटाए जनमत संग्रह गर्नुपर्छ ।

आइतबारको मददातले केन्द्रीय बैंकले आफ्नो सुनको भण्डार बढाउनु पर्ने प्रस्तावलाई पनि अस्वीकार गरेको बताइएको छ ।

यो प्रस्तावलाई ४० वर्ष पुरानो इकोपोप आन्दालेनको नामबाट इकोपोप नाम दिइएको थियो । उक्त आन्दोलनको उदेश्य पर्यावरण संरक्षणका लागि जनसंख्या नियन्त्रण गर्नु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment