Comments Add Comment

पेट्रोल र डिजेलको मूल्य घटे पनि गाडी भाडा नघट्ने

Dashain-Gadi-yatra-9१५ मंसिर, काठमाडौं । नेपाल आयल निगमले यसैसाता पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । तर, तेलको भाऊ घटे पनि यातायात व्यवसायीहरुले गाडी भाडा तत्काल नघटाउने बताएका छन् ।

यसअघि भाडा बढाउँदा कायम रहेको मूल्यमा पेट्रोल र डिजेलको भाऊ नझरिसकेको हुँदा गाडी भाडा नबढ्ने व्यवसायीहरुको तर्क छ ।

यातायात व्यवस्था विभागले ०६९ फागुन २५ गतेदेखि लागु हुने गरी साविकको भाडा दरमा वृद्धि गरेको थियो । त्यतिबेला डिजेलको भाउ प्रतिलिटर ९९ रुपैयाँ थियो । पछि भाउ बढेर १ सय ५ रुपैयाँ पुगेको थियो । अहिले डिजेलको भाउ घटे पनि ०६९ सालको भन्दा ५० पैसा बढी अर्थात प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा कायम छ ।

यस वीचमा डिजेलको भाउ प्रतिलिटर एक सय पाँच रुपैयाँ र पेट्रोलको भाउ एक सय ३५ रुपैयाँसम्म पुगेको थियो । अहिले पेट्रोल १० रुपैयाँ घटेर प्रतिलिटर एक सय २५ रुपैयाँ ५० पैसामा झरेको छ ।

‘गाडी भाडा घटाउनुपर्ने गरी अझै पनि डिजेल र पेट्रोलको भाउ घटेको छैन’ विभागका प्रवक्ता मुक्तिबहादुर केसीले भने- ‘त्यही भएर अहिलेसम्म विभागले भाडा घटाउने विषयमा सोचेको छैन ।’

वैज्ञानिक भाडा दर निर्धारण समितिको सिफारिस अनुसार गाडी भाडा बढाउन वा घटाउन पेट्रोलियमको भाउ पाँच रुपैयाँभन्दा बढीले घटबढ हुनुपर्ने व्यवसायी बताउँछन् । डिजेलको पेट्रोलको भाउ ५ रुपैयाँ भन्दा बढी हुँदासमेत विभागले भाडा बढाएर लागू गर्न सकेन ।

विभागले ६ प्रतिशत भाडा बढाउने निर्णय गरेर कार्यान्वयन गर्न नपाउँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियमको भाउ धमाधम ओरालो लागिरहेको छ । साथै सोही समयमा मुलुकमा सवारी दुर्घटनाको संख्या हृवात्तै बढेपछि व्यवसायीहरुले सरकारलाई भाडा बढाउनका लागि दबाब पनि दिन सकेनन् ।

पाँच रुपैयाँभन्दा बढीले पेट्रोलियमको भाउ घटेमात्रै गाडी भाडा घटाउन विभागले गृहकार्य गर्ने प्रवक्ता केसीले बताए ।

पाँच रुपैयाँ घट्नका लागि डिजेलको भाउ प्रतिलिटर ९४ रुपैयाँ हुनुपर्छ । विभागले गाडी भाडा बढाउन पेट्रोलियमका साथै चेसिस तथा स्पेयर्स पार्टस्, ड्राइभर तथा कर्मचारीको तलब, राष्ट्र बैंकले सार्वजनिक गरेको महंगी दर आदिलाई आधार बनाउने गर्छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता देबेन्द्र कार्कीले केही समय अगाडि भाडा बढाउने तयारी भए पनि स्थगित भएको हुँदा तत्कालै भाडा घटाउने तयारी नभएको बताए ।

वैज्ञानिक भाडादर निर्धारण गर्दा पेट्रोलिम पदार्थको मूल्यलाई ३५ प्रतिशत आधार मान्ने गरिएको हुँदा तत्कालै भाडा घटाउने अवस्था नरहेको कार्कीको भनाइ छ । तेलको मूल्य अझै घट्दै गएमा भाडा घटाउने तयारी थालिने उनले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अन्य सवारी साधन, त्यसका पार्टपूर्जा तथा मर्मत शुल्क नघटेकाले भाडा घटाइएमा व्यवसायीहरु मर्कामा पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment