Comments Add Comment

इराकी सेनामा ‘५० हजार भूत सैनिक’

Iraq-army

१५ मंसिर, काठमाडौं । इराकी सेनामा भएको एक छानविनले यस्ता ५० हजार सैनिक पत्ता लगाएको छ, जसको कुनै अत्तोपत्तो छैन । तर, उनीहरुको नाममा तलब जाने गरेको छ ।

यस्तो सैनिकहरुलाई ‘भूत सैनिक’ नाम दिइएको छ ।

अब इराकको प्रधानमन्त्री कार्यालयले यस्ता सैनिकहरुको तलब भत्ता रोक्का गरेको छ ।

इराकी सेनामा भ्रष्टाचार ठूलो समस्या हो, जसका कारण इस्लामिक स्टेट आईएसविरुद्ध लड्ने क्षमता समेत कमजोर भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार इराकी प्रधानमन्त्री हैदर अल अबादीका प्रवक्ता रफिल जबूरीले भनेका छन्-‘पछिल्लो केही साता प्रधानमन्त्रीले भूत सैनिकको विषय पत्ता लगाउन कदम उठाएका थिए ।’

कुनै अत्तोपत्तो नभएका सैनिकको तलब सेनाका उच्च अधिकारीहरुले लिएको अनुमान गरिएको छ । ती ५० हजार सैनिकमध्ये केही युद्धमा मारिएका थिए भने केहीले सेनाको जागिर नै छाडेका छन् ।

इराकमा सेना बनाउन अमेरिकाले अर्बौं डलर खर्च गरेको छ । तर, पछिल्लो केही समय यता चरमपन्थी संगठन इस्लामिक स्टेटविरुद्ध इराकी सेना लाचार जस्तै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment