Comments Add Comment

अर्थमन्त्रीले भने -बजेटको अभाव हुँदैन, चाँडो काम गरौं

Finance minister१६ मंसिर काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले बहुवर्षिय ठूला आयोजनाहरुलाई बजेटको अभाव नहुने बताएका छन् । छिटो कार्यान्वयन गरी नतिजा निकाल्न सम्वद्ध मन्त्रालयका सचिवहरुलाई निर्देशनसमेत दिए ।

विभिन्न मन्त्रालयका सचिवहरुलाई सोमबार अर्थमन्त्रालयमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन ।

‘बहुवषर्ीय त्यस्ता आयोजनाहरुलाई स्वीकृति लिइरहनु पर्दैन तर काम छिटो गर्नुहोस’ उनले भने -काम नहुने र काम पन्छाउने प्रबृत्तिलाई निरुत्साहित गर्नुहोस ।

मिहेनत नगरी विकास निर्माणका कामले गति नलिने उनले बताए । महतले बहुवर्षिय आयोजनामा के कति रकम खर्च हुने अनुमान छ, त्यसको जानकारी अर्थमन्त्रालयलाई गरे पुग्ने बताए ।

विकास निर्माणका कामहरुमा राजनीतिकरण हुने गरेकोले काममा ढिलाई हुने गरेको, बजेटमा टुक्रे कार्यक्रमहरु धेरै हुने गरेको र सञ्चालनमा पनि समस्या आउने गरेको उनको भनाई थियो ।

राष्ट्रिय योजना आयोगले पनि धेरै आयोजनाहरु राखेर बजेटमा कनिका छर्ने प्रबृत्तिलाई रोक्न सक्रिय हुनुपर्ने र कतिपय अवस्थामा दबाबलाई किनारा लगाउनुपर्नेमा अर्थमन्त्रीले जोड दिए ।

बूढीगण्डकी जलविद्युत आयोजना, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल लगायत ठूला आयोजनाका प्रारम्भिक तयारीका कामहरु शुरु गरिहाल्न उनले निर्देशन दिए । ‘अरु प्रक्रियाका कामहरुमा ढिलाई होला तर जग्गा अधिग्रहणको कामलाई किन पर्खिएर बस्ने ?’ उनले भने ।

खर्च हुन सक्ने र नसक्ने आयोजनाहरुको मूल्यांकन तुरुन्त गरी खर्च हुन सक्ने आयोजनाहरुमा रकम सार्नु पर्ने भएमा अर्थमन्त्रालय तयार भएको उनले बताए ।

‘छिटै जानकारी गराइहाल्नुहोस, कतिपय अवस्थामा खर्च गर्न सक्ने अनुमानित आँकडा निकालेर काम गर्न थालिहाल्नुहोस, रकमको अभाव हुँदैन’ उनले भने -आर्थिक बर्षको अन्तिमतिर चापाचापमा काम गर्ने बानी सुधार्नुहोस ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले के कारणले खर्च हुन नसक्ने अवस्था हो, त्यसको जानकारी तुरुन्त भए सहजीकरण गर्न आयोग तयार रहेको बताए ।

आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले बजेटमा कनिकाकरण भएर पनि ठोस काम हुन नसकेको उल्लेख गरे । अर्थसचिव सुमनप्रसाद शर्माले गत बर्षभन्दा चालु आर्थिक बर्षको मंसिरसम्ममा रकमगत हिसावले बजेट खर्च बढेको स्पष्ट पारे । कार्यक्रममा अधिकांश मन्त्रालयका सचिवहरुको सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment