Comments Add Comment

केटी जिस्काउनेलाई पेटीले हानेपछि सबैको ‘हाई हाई’

pooja-and-aarti

  • बाबुका साथमा पूजा र आरती

१६ मंसिर, काठमाडौं । बाटो हिँड्ने युवतीलाई सडकको पेटीमा बसेर जिस्काउने प्रचलन नेपालमा बढ्दै गएको छ ।

तर, भारतमा हालै एक सरकारी बसमा युवती जिस्क्याउने पुरुषलाई पिट्ने दिदीबहिनी पूजा र आरती सेलिब्रेटी बनेका छन् ।

समाजिक सञ्जालमा दुई युवतीलाई बधाइ दिनेहरु दिन दुगुना, रात चौगुना बढिरहेका छन् । घटनाको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ ।

Rohtak-girls

सार्वजनिक बसमा यात्रा गर्दा जिस्क्याएको भन्दै तीन युवकलाई कम्बरमा लगाएको बेल्ट फुकालेर कुटेपछि पूजा र आरती अहिले चर्चामा छन् । घटनाको भिडियोमा दुई दिदीबहिनीले उनीहरुलाई बेल्टले हानेको देखिन्छ ।

‘वीरंगाना’ दिदीबहिनीलाई बधाइ दिनेमा कांग्रेस सांसद नविन जिन्दलदेखि चलचित्रकर्मी अनुप शोनीसम्म छन् ।

पछिल्लो समय भारतमा महिला हिंसा बढ्दो छ । बलात्कारको घटना बढेपछि भारतलाई महिलाका लागि सबैभन्दा असुरक्षित देशका रुपमा चित्रित गर्न थालिएको छ ।

केही वर्षअघि अलीशा शर्मा र उनका चार साथीले मिलेर चप्पल मारुँगी (चप्पल हान्छु) भन्ने अभियान नै चलाएका थिए ।

अलीशा भन्छिन्-‘यो (जिस्क्याउनेसहितको दुव्र्यवहार) हाम्रो जीवनको अभिन्न अंगजस्तै भइसक्यो । हामी यसबाट बच्न सक्दैनौं । भीडभाड ठाउँ, रेलवे स्टेशन, बस स्टपलगायतका ठाउँमा यस्तो हुन्छ ।’

अलीशाको अभियानका क्रममा चप्पललाई प्रतिरोधको प्रतीकका रुपमा प्रयोग गरिएको थियो ।

तर, २०१२ मा दिल्लीमा गुडिरहेको बसमा एक युवतीको सामूहिक बलात्कार भएपछि महिला हिंसा र सुरक्षाको मुद्दा भारतमा चर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment