Comments Add Comment

उत्कृष्ट आविष्कारको सूचिमा सेल्फी लौरो !

Selfie
सेल्फी खिच्नेहरुका लागि सेल्फी स्टिक पछिल्लो समयमा रोजाइमा परेको छ । आफुले चाहेको एंगलबाट आफ्नो सेल्फी खिच्ने धोको पूरा गर्नका लागि स्मार्टफोनलाई अठ्याउने सेल्फी लौरो सेल्फीका क्रेजीहरुको रोजाइमा परेरै होला यो सामान्य लठ्ठीले विश्वको उत्कृष्ट आविष्कारको सूचिमा आफुलाई उभ्याउन सफल भएको छ ।
प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘सन् २०१४ का सर्वोत्कृष्ट २५ आविष्कार‘ को सूचिमा सेल्फी स्टिक पनि परेको छ ।

‘सन् २०१३ मा सेल्फी भन्ने शव्द निकै चर्चित शव्द (बजवर्ड) बनेको थियो, अहिले सन् २०१४ मा सेल्फी एउटा सांस्कृतिक घटनाक्रम बनेको छ’, टाइम्सले भनेको छ । टाइम्सका अनुसार एक वर्षको अवधिमै सेल्फीप्रतिको मोह परिपक्व बन्न सफल भएको जनाएको छ ।
टाइम्सका अनुसार कम्तीमा एक चौथाइ अमेरिकीहरुले सोसल साइटमा आफ्नो सेल्फी शेयर गर्ने गरेका छन्, जसमा राष्ट्रपति ओबामा देखि हट गर्ल किम कार्दशिन समेत छिन् ।
वास्तवमा सेल्फी संस्कृति अहिले निकै मौलाएको छ । हरेक भौगोलिक क्षेत्र, उमेर समूह, तथा उच्च स्तरका व्यक्तित्व देखि लिएर सर्वसाधारण सम्ममा सेल्फीप्रतिको आकर्षण बढेको छ ।
सेल्फी खिच्न सहज बनाउने सेल्फी स्टिक उत्पादन गर्ने कम्पनीहरु समेत थुप्रै छन् । तथापि हरेक सेल्फी स्टिकले ‘असली गुण थप गरेको’ टाइम्सले उल्लेख गरेको छ ।
टाइम म्यागेजिनको उत्कृष्ट आविष्कारको सूचिमा एप्पलको स्मार्ट घडी, भारतले मंगल ग्रहमा प्रक्षेपण गरेको ‘मंगलायन’, वायरलेस विद्युत चार्जिङ प्रविधि विटि्रसिटी, थ्री डी प्रिन्टिङ, ब्लाकफोन नामक स्मार्टफोन, माइक्रोसफ्टको सर्फ]{ प्रो थ्री ट्याबलेट लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment