Comments Add Comment

हङकङको फेशन शोले उत्साहित रोजिना

rojina-in-fashion
संसारकै फेशनेवल शहर भनेर भनेर चिनिने हङकङमा ‘कायरा बुटिक अन द रनवे फेशन शो २०१४’ सम्पन्न गरेकी रोजिना श्रेष्ठ निकै उत्साहित छिन् । कारण उनका डिजाइनलाइ दर्शकले निकै मन पराए । कार्यक्रम पनि भब्य भयो ।

फेशनका पारखीहरुको भब्य जमघट भएको उक्त कार्यक्रममा हङकङमा बस्दै आएका नेपाली मोडल अनु लिम्बु, सुमी पुन, अञ्जना पुन, पुजन राना, रिया गुरुङ, रोशनी श्रेष्ठ, सोइता गुरुङ लगायतकाले रोजिनाको डिजाइनमा क्याटवाक गरेका थिए ।

नायक निरज बराल विषेश अतिथीका रुमा सहभागी भए । फेशन डिजाइनमा दख्खल राख्ने रोजीनाको देश बाहिर भएको यहि नै पहिलो शो थियो । उनले इभेन्टकै लागि भनेर एक महिना लगाएर पोशाकहरु तयार पारेकी थिइन् ।

‘पहिलो पटक विदेशमा कार्यक्रम गर्न लाग्दा अलि डर लागेको थियो तर, निकै राम्रो भयो ।’ रोजिनाले अनलाइनखबरसंग कुरा गर्दै भनिन् ।

फेसन शो गुड्मर्निङ पोखरा बृद्धा आश्रमको सहयोगार्थ गरिएको हो ।  आयोजकले आश्रमका लागि नायक निराज बराललाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । उक्त रकम नायक बरालले गुडमर्निङ पोखरा बृद्धा आश्रामलाई हस्तान्तरण गर्ने जिम्मा लिएका छन् ।

 

hongkong-fashion hongkong-fashion-2


hongkong-fashion-3
hongkong-fashion-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment