Comments Add Comment

नेपालमा अवार्ड आयोजना धेरै भएकै हुन् त ?(भिडियो रिपोर्ट)

यतिबेला चलचित्र बजारमा बढ्दै गएका अवार्ड समारोहलाई लिएर विभिन्न खालका टिकाटिप्पणी हुन थालेका छन् । राम्रा अवार्ड समारोहलाई पनि धेरै आयोजनाले ओझेलमा पारिदिएका छन् ।

विभिन्न संस्था, मिडिया हाउस लगायतले अवार्डको आयोजना गरिरहेका छन् । हरेक बर्ष केही अवार्डको संख्या थपिएको छ भने पुराना आयोजकले निरन्तरता दिइरहेका नै छन् । जसका कारण पनि अवार्ड कार्यक्रममा चलचित्रकर्मीको संख्या पात्तलिदै गएको भान गर्न थालिएको छ । अनलाइनखबरले अवार्ड आयोजना बढ्नु चलचित्र क्षेत्रका लागि फलदायी छ त भनेर एक रिपोर्ट तयार पारेको छ ।


चलचित्रकर्मीको प्रोत्साहनका लागि अवार्ड आयोजना हुनु निक्कै राम्रो हो । तर, उस्तै तरिका र विधालाई समेटेर आयोजना हुने अवार्डले भने दर्शक तथा चलचित्रकर्मीलाई पनि तान्न छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment