Comments Add Comment

ढुवानी सेवा तत्काल सुचारु गर्न महासंको निर्देशन

१८ मंसिर, काठमाडौं । ट्रक व्यवसायीहरुले वीरगञ्ज र भैरहवा नाकामा बुधबारदेखि विभिन्न माग राखी अनिश्चितकालका लागि Fncciढुवानी सेवा ठप्प पारेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्ना मागहरु सम्बन्धित निकायमा राखेर पर्याप्त छलफल गरि वार्ता र संवादबाट नै समस्या समाधान गर्नुपर्नेमा ढुवानी व्यवसाय जस्तो संवेदनशील व्यवसायलाई हठात एकतर्फी रुपमा ठप्प पार्नु कुनै पनि हिसावले तर्क संगत नभएको महासंघको ठहर छ ।

‘उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्न ढुवानीको ठूलो भूमिका छ र यो व्यवसायलाई व्यवस्थित र मर्यादित पार्ने कुरामा महासंघको सधै नै समर्थन रहेको छ’ महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

आफ्ना जायज मागलाई सरकारको सम्बन्धित निकायमा राखेर वार्ता र संवादबाटै समस्या समाधान गर्न आग्रह गर्दै महासंघले बन्द गरिएको ढुवानी व्यवसाय अविलम्व सुचारु गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment